• होमपेज
  • प्रविधि
  • एनसेलले ल्यायो ‘लेट्जगो’

एनसेलले ल्यायो ‘लेट्जगो’

  • आइतवार, भदौ १०, २०७५
एनसेलले ल्यायो ‘लेट्जगो’

काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रुपमा पुर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् ।

एनसेल प्राईभेट लिमिटेडले रामलक्ष्मण ईनोभेसन्स् प्राईभेट लिमिटेडसँग सहकार्य गर्दै ‘लेट्जगो’ नामक सार्वजनिक यातायात सम्बन्धि मोबाइल एप ल्याएको छ, जस मार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बसहरु हाल कहाँ छन् र आफुले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफुलाई पायक पर्ने बिसौनीमा आईपुग्छ भन्ने जानकारी प्राप्त गर्दछन् ।

एनसेलको सिम प्रयोगकर्ताले उक्त एपको सेवा लिंदै बस स्ट्यान्डमा लामो प्रतिक्षा गर्नु पर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

एपले प्रयोगकर्तालाई विद्यमान समयमा संचालनमा रहेका सार्वजनिक बसको बारेमा जानकारी दिन्छ र सोही अनुसार प्रयोगकर्ताले आफुलाई पायक पर्ने बस बिसौनीमा गई बस चढ्न सक्छन् ।

लेट्जगो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले एनसेलको सिमकार्ड प्रयोग गरी सर्वप्रथम एप सुचारु गर्नु पर्छ । एप सुचारु गरे पश्चात भने कुनै पनि डाटा नेटवर्कमा रही यसको प्रयोग गर्न सकिनेछ । एप गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गरी यसको लाभ लिन सकिनेछ ।

शुरुवाती चरणमा यो एपले काठमाडौं उपत्यकाको १०८ वटा रुटहरुमा संचालनमा रहेका ६०० भन्दा बढि सार्वजनिक सवारी साधनहरुको बारेमा जानकारी प्रदान गर्नेछ । सवारी साधनको जानकारी सम्बन्धित सवारी साधनमा जडान गरीएको जिपिएस ट्राकिङ् प्रणालीका आधारमा प्राप्त हुन्छन् ।

ग्राहकको सुविधाका लागि र डिजिटल प्रविधिमा आधारित यस नविन सेवालाई प्रवर्धन गर्नका लागि एनसेलले यो एपलाई ‘जिरो रेटेड’ गरेको छ । अर्थात यस एपको प्रयोग गर्दा खपत हुने डाटामा कुनै शुल्क लाग्ने छैन । एप स्टोरबाट एप डाउनलोड गर्दा भने विद्यमान डाटा शुल्क लाग्नेछ ।

रामलक्ष्मण ईनोभेसन्स्सँगको सहकार्यमा आफ्ना ग्राहकका लागि सार्वजनिक यातायात सेवालाई सहज तथा ग्राहक मैत्री बनाउन लेट्जगो एप ल्याउन पाएको कम्पनी निकै हर्षित भएको एनसेलले जनाएको छ । यस एपले सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्न योगदान पुर्याउदै स्मार्ट सिटीको विकासमा मद्दत पुप्याउने विश्वास कम्पनीले लिएको छ ।

एप प्रयोगकर्ताले आफुलाई पायक पर्ने बस बिसौनीमा आफु सवार हुने रुटको बस नजिक आउँदा अलर्ट प्राप्त गर्ने सुविधा पनि आफैं राख्न सक्छन् । यस्तो बेलामा बस र प्रयोगकर्ताको दुरी कति छ र बस भएको स्थानमा पुग्न लाग्ने समय पनि एपले जानकारी दिनेछ, जसले प्रयोगकर्तालाई आफ्नो यात्रा प्लान गर्न सहज बनाउने छ ।

“सार्वजनिक यातायातलाई यात्रु मैत्री बनाउने उद्देश्य लिई लेट्जगो एप ल्याउन पाएकोमा हामी गौरवान्वित छौं । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सार्वजनिक सवारी साधनका संचालकहरु, दैनिक रुपमा सवारी प्रयोग गर्ने यात्रु अनि आम नागरिक लगायतका सम्बन्धित सरोकारवालाहरुसँग वृहत छलफल गरेर हामीले यो एपको विकास गरेका हौं ।

यसले सार्वजनिक यातायात प्रयोगकर्ताको दैनिकी सहज बनाउने विश्वास छ,” रामलक्ष्मण ईनोभेसन्स्का प्रविधि अनुसन्धानकर्ता राम प्रसाद रिमालले भने । “हामीसँग सहकार्य गर्दै एपलाई सार्वजनिक गरेकोमा हामी एनसेल प्रति आभारी छौं । एपलाई अझ उपयोगी बनाई प्रयोगकर्तालाई अझ परिस्कृत अनुभव प्रदान गर्न हामी यसमा अझै धेरै विशेषताहरु थप्दै जाने छौं ।”

लेट्जगो एपमा लोकेसन शेयर, ट्याक्सी बुकिङ् र आन्तरिक उडानका समय तालिका लगायत अन्य विशेषताहरु पनि रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि