• होमपेज
  • फिचर
  • माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २९ करोडमाथि

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २९ करोडमाथि

  • सोमवार, साउन २८, २०७५
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २९ करोडमाथि

माछापुच्छ्रे्र बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्म आईपुग्दा नेपाल फाइनान्सिङ स्टयान्डर्ड अनसार खुद मुनाफा १ अर्ब २९ करोड ७३ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६ दशमलव ९५ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले नाफा १ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ कमाएको थियो ।

७ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ४ दशमलव ३९ प्रतिशतले वृद्धि गरी हाल ८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडा कोषमा २ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७२ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ संकलन गरी कर्जामा ६५ अर्ब ८ करोड १ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १२ दशमलव ३४ प्रतिशतले बढेर २ अर्ब ७३ करोड ७ लाख रुपैयाँ पुगेको छ भने त्यस्तै सञ्चालन मुनाफा शुन्य दशमलव ६९ प्रतिशतले वृद्धि भई १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकले अन्य संचालन मुनाफा ९८ प्रतिशतले घटेको हुदाँ खुद मुनाफामा असर देखिएको हो ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३८ प्रतिशत, पुँजीकोष अनुपात १५ दशमलव ६० प्रतिशत, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय २७ दशमलव १७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव २६ प्रतिशत रहेको छ ।

एनएफआरएस अनुसार बैंकले गत अावमा एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेको छ । अघिल्लो बर्ष बैंकको खुद नाफा एक अर्ब ३९ करोड ४२ लाख रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा