• होमपेज
  • प्रविधि
  • क्यान इन्फोटेक मेलामा विद्यार्थीलाई निःशुल्क प्रवेश

क्यान इन्फोटेक मेलामा विद्यार्थीलाई निःशुल्क प्रवेश

  • आइतवार, माघ ७, २०७४
क्यान इन्फोटेक मेलामा विद्यार्थीलाई निःशुल्क प्रवेश

माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा २४ औं ‘सुविसु क्यान इन्फोटेक(२०१८’ हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरी मेलाको लागि गरिने सबै तयारी पूरा भएको बताएको छ ।

सरकारी विद्यालयबाट मेला अवलोकन गर्न आउने विद्यार्थीको जानकारी उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ् प्रदर्शनी कक्षहरुका साथै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने छन् ।

मेला राजधानीमा मात्र नभएर राजधानी बाहिर चितवन, बुटवलको रुपन्देही, इटहरी र पोखरामा समेत गर्ने तयारी भइरहेको आयोजकले बताएको छ । मेलामा विश्वका अन्य मुलुकसँग सूचना तथा सञ्चार प्रविधिको अनुभव साटासाट गरी नेपालमा पनि प्रविधि तथा पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिइएको छ ।

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि