• होमपेज
  • प्रविधि
  • आइफोन एट आज सार्वजनिक हुँदैछ हेर्नुहोस, यस्ता छन आइफोन एटका केही दमदार फिचर्सहरु

आइफोन एट आज सार्वजनिक हुँदैछ हेर्नुहोस, यस्ता छन आइफोन एटका केही दमदार फिचर्सहरु

  • मङ्लबार, भदौ २७, २०७४
आइफोन एट आज सार्वजनिक हुँदैछ हेर्नुहोस, यस्ता छन आइफोन एटका केही दमदार फिचर्सहरु

एजेन्सी,भदौ २७ –

एप्पलको बहुप्रतिक्षीत आइफोन एट अन्ततः आज सार्वजनिक हुँदैछ । एप्पलले एक भव्य समारोहबीच आइफोन एट सार्वजनिक गर्दैछ । आइफोन एट लञ्च हुनुअघि नै यसका केही दमदार फिचर्सहरुका बारेमा जानकारीहरु लिक भइसकेका छन् । आइफोन एटका सम्भावित फिचर्स यी हुन्:

· अगमेन्टेड रियालिटी: एप्पलले आफ्नो आइओएस ११ मा अगमेन्टेड रियालिटी (ए आर) ल्याउने घोषणा गरेको छ । सोही कारणले एप्पलका डेभलपर्सले आइफोन एटका लागि पनि एप्स बनाउन सक्नेछन् । फोन बजारमा आउने बेलासम्ममा यो फिचर तयार भैसक्ने विश्वास गरिएको छ ।
· डुअल ब्याक क्यामरा: यद्यपि यसबारेमा एप्पलले कुनै आधिकारिक घोषणा गरेको छैन, तथापि आइफोन एटको लिक भएको तस्वीर हेर्दा थाहा हुन्छ कि यसमा डुअल ब्याक क्यामरा रहेको छ । यसअघि आइफोन सेभेनमा पनि यो फिचर थियो ।

· होम पोड: एप्पलले अमेजनको इको तथा गुगलको होमलाई टक्कर दिनका लागि होमपोड ल्याउँदैछ । आइफोन एटले यो स्पिकरलाई पनि सपोर्ट गर्नेछ ।

· वायरलेस चार्जिङ: आइफोन एटको सबैभन्दा आकर्षक फिचर यसमा रहेको वायरलेस चाजिङ प्रविधि नै हो । एप्पलका अधिकारीहरुले यसको पुष्टि गरिसकेका छन् ।

· वाटर रेसिस्टेन्स: वायरलेस चार्जिङका साथै यो फोन पानीबाट पनि सुरक्षित छ । यो फोन वाटर प्रुफ हुनाका कारणले यसको ब्याक साइडमा पनि काँचको प्यानल रहने अपेक्षा गरिएको छ ।

· एनएफसी: एप्पलले आफ्नो एक्सक्लुसिभ फिचरलाई एप्पल पे भन्दापनि अगाडि लैजान सक्दछ । एप्पलको आइओएस ११ ले एनएफसी सपोर्ट गर्नेछ ।

· सिरी: आइफोन एटमा पनि सिरी फिचर छ । यो आइफोनमा सिरी निकै अत्याधुनिक हुनेछ । यसले विभिन्न भाषाहरुलाई तत्कालै अनुवाद गरेर कमान्ड बुझ्नेछ र तत्कालै कमान्डमाथि प्रोसेसिङ गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि