धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो
काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो । धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता […]