• होमपेज
  • देश
  • अपाङ्ग बालबालिकाहरुलाई इजरायली “व्हिलचियर अफ होप” वितरण

अपाङ्ग बालबालिकाहरुलाई इजरायली “व्हिलचियर अफ होप” वितरण

  • मङ्लबार, साउन १, २०७५
अपाङ्ग बालबालिकाहरुलाई इजरायली “व्हिलचियर अफ होप” वितरण

इजरायलले आफ्नो स्थापनाको ७० वर्ष र इजरायली परराष्ट्र मन्त्रालयको अन्तराष्ट्र्रिय सहयोग निकाय (मसाभ) को स्थापनाको ६० बर्ष मनाउँदै छ । सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि नै मसाभले नेपाललाई विकास कार्य, विशेष गरी मानवश्रोतको दक्षता विकासमा सघाउँदै आएको छ ।

इजरायलले आफ्नो स्थापनाको ७० औं अवसरमार काठमाण्डांैस्थित इजरायली राजदूतावासले अपाङ्ग बालबालिकाहरुको हिंडडुलमा पहँुच र आत्मनिर्भरता बृद्धि गरी जीवनमा सहजता ल्याउने विशेष उद्देश्य राखी लायन्स क्लब काठमाण्डौ क्यापिटल डिस्ट्रिक्ट ३२५–ए२ र करुणा फाउन्डेसन नेपाललेको सलग्नतामा ४० वटा इजरायली “व्हिलचियर अफ होप” वितरण गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त कार्यक्रमा ती अपाङ्ग बालबालिकाहरुलाई ४० वटा इजरायली “व्हिलचियर अफ होप” वितरण गरेका थिए ।

कार्यक्रमा इजरायली राजदूत बेन्नी ओमेरले यस्तो मानवीय कार्यमा राजदूतावासले केही सहयोग गर्न सकेकोमा सन्तुष्टी व्यक्त गर्नुका साथै यस्तो विशेषखालको, हलुका र आरमदायी व्हिलचियरको प्रयोगले यी बालबालिकाहरुमा आफै स्वतन्त्र भएर हिंलडुल गर्न सक्ने क्षमता बढाउने बताए । साथै भविष्यमा पनि यस्ता मानवीय कार्यहरुमा इजरायली राजदूतावासले सहायोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा परराष्ट्रमन्त्री लगायत अन्य वक्ताहरुले शारिरीक रुपले अशक्त बालबालिकाहरुलाई व्हिलचियर वितरण गर्ने राजदूतावासको यो प्रशंसनीय र मानवीय कार्यको सराहना गर्दै यसले ती बालबालिकाहरुलाई हिंडडुल गर्नमात्र होइन जीवनमा पूर्ण क्षमता विकास गर्न पनि सहयोग हुने बताए र साथै राजदूत ओमेरलाई जन स्तरमा सम्बन्ध विकासको पहलका लागि धन्यवाद दिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि