• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशियाको मिस्ड कल बैंकिङ्ग सेवा

एन आई सी एशियाको मिस्ड कल बैंकिङ्ग सेवा

  • मङ्लबार, साउन १, २०७५
एन आई सी एशियाको मिस्ड कल बैंकिङ्ग सेवा

एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।

सोहि क्रमलाई निरन्तरता दिदै बैंकले मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सेवाको सुरुवात सँगै अब बैंकका आदरणीय ग्राहकहरुले ९८०१२२७७३३ नंम्बरमा मिस्डक कल गरी आफ्नो खाताको ब्यालेन्स जानकारी, मिनी स्टेटमेन्टका सेवाहरु लिन सक्नेछन् ।

त्यसैगरी बैंकको ९८०१२२७७४४ मा मिस्डकल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने छ । भने ९८०१२२७७५५ मा मिस्ड कल गर्दा ग्राहकलाई बैंकबाट कलब्याक पनि आउछ र बैंकको विभिन्न सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्नाग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा