• होमपेज
  • समाचार
  • सनराइजको एकै दिन ४ काउण्टर संचालनमा

सनराइजको एकै दिन ४ काउण्टर संचालनमा

  • मङ्लबार, साउन १, २०७५
सनराइजको एकै दिन ४ काउण्टर संचालनमा

सन्राइज बैंक लिमिटेडले आफ्नो सेवा बिस्तार गर्ने क्रममा पाशुपत क्षेत्रमा ४ वटा क्रमशः तिलगंगा, वत्सलेश्वरी, महास्नान घर अगाडी र गुहेश्वरीमा पर्यटक प्रवेश काउण्टर संचालनमा ल्याएको छ । उक्त काउण्टरको समुद्घाटन बैंकका संचालक समितिका सदस्य ज्योति कुमार बेगानी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले संयुक्त रुपमा गरेका छन् ।

विभिन्न मुलुकहरुबाट भ्रमणका लागि पाशुपत क्षेत्रमा आउने गैर हिन्दु पर्यटकहरुलाई दिईने प्रवेशाज्ञा वापत बिक्री गरिने पर्यटक प्रवेश शुल्कलाई समयानुकुल बैंकिङ्ग प्रणाली मार्फत् टिकट विक्री गरी पर्यटक प्रवेशको सुव्यवस्थापन प्रयोजनार्थ उक्त काउण्टरहरु संचालन ल्याएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्य ओम कृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष, परिषद सदस्यहरु लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १०० वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)