• होमपेज
  • कृषि
  • बिक्री भएनन् मकैका बीउ

बिक्री भएनन् मकैका बीउ

  • मङ्लबार, साउन १, २०७५
बिक्री भएनन् मकैका बीउ

नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन सकेको छैन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमअन्तर्गत उत्पादन गरेको मकैको बीउ बिक्री नभएको किसानको गुनासो छ । किसानले बजार व्यवस्थापनको माग गरेका छन् ।

एक वर्षअघिदेखि मकै जोन विकास कार्यक्रमअन्तर्गत नीलकण्ठ नगरपालिकाको चारवटा र ज्वालामुखी गाउँपालिकाको एउटा ठाउँमा रु एक करोड १७ लाखको लागतमा ५० मेट्रिक टन क्षमताका पोष्ट हार्बेष्ट भवन निर्माण गरिएको छ । उक्त भवनमा किसानले उत्पादन गरेर राखेको मकैको बीउ बिक्री हुन सकेको छैन ।

अठहत्तर कृषक समूह र एउटा कम्पनी गरी ७९ संस्थामार्फत दुई हजार ७७२ घरधुरी समावेश गरी कार्यक्रम सञ्चालन गरिएको मकै जोन विकास कार्यक्रमका कार्यालय प्रमुख होमनाथ लम्सालले बताउनुभयो । छ सय ६३ हेक्टर क्षेत्रफल मकै जोन विकास कार्यक्रमले समेटेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले कृषि प्रविधि र आधुनिकीकरणमात्र होइन बजार व्यवस्थापनका लागिसमेत ध्यान दिन आग्रह गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि