• होमपेज
  • देश
  • डा.केसी पक्षधरलाई झड्का : स्वास्थ्य सस्था बन्द नगर्ने निजी मेडिकल संघको चेतावनी

डा.केसी पक्षधरलाई झड्का : स्वास्थ्य सस्था बन्द नगर्ने निजी मेडिकल संघको चेतावनी

  • बुधबार, साउन २, २०७५
डा.केसी पक्षधरलाई झड्का : स्वास्थ्य सस्था बन्द नगर्ने निजी मेडिकल संघको चेतावनी

डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबारका लागि आवहन गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रम असफल हुँने देखिएको छ । निजी मेडिकल र डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल स्वास्थ्य सस्था बन्दको बिपक्षमा उभिने भएपछि आन्दोलन असफल हुँने संकेत देखिएको हो ।

एशोसिएसनले बुधबार प्रेस बिज्ञप्ती जारी गरेर स्वास्थ्य सस्था बन्दको प्रतिकारमा उत्रने चेतावनी दिएको छ । एशोसिएसनका महासचिवद्वारा जारी बिज्ञप्तीमा स्वास्थ्य सस्था जस्तो संवेदनसिल क्षेत्रमा गर्न लागिएको बन्दलाई डटेर अवज्ञा गर्न आह्वान गरिएको छ । लाखौं बिरामीहरुको जीवन रक्षाका लागि चिकित्सकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागि आफ्नो कर्तब्य निर्वाह गर्न बिज्ञप्तीमार्फत अपिल गरिएको हो ।

समस्याको समाधान वार्ताको माध्यमबाट हुने लोकतान्त्रिक बिधि बिपरीत ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो गर्नु गलत भएको एशोसिएसनको ठम्याई छ । सर्वोच्चको फैसलालाई हरेक नागरिकले सम्मान गर्नुपर्छ ।

बिरामीहरुको स्वास्थ्यको ख्याल नगरी बिभिन्न बाहनामा वारम्वार अस्पतालहरु बन्द गर्ने परिपाटीले कसैको भलो नगर्ने बिज्ञप्तीमा उल्लेख छ । ३ बर्षअघि प्रस्तुत माथेमा आयोगको प्रतिवेदन जस्ताको तस्तै लागु गर्न खोज्नु ब्यवहारिक तथा न्याय संगत नहुँने एशोसिएसनको ठहर छ ।

चिकित्सा शिक्षा बिधेयकको बिषयमा बिज्ञहरु र सरोकारवालाहरुको राय लिई सार्वभौम संसदमानै छलफल गरी लोकतान्त्रिक बिधि र प्रकृयाबाट टुंग्याउँनुनै अहिलेको समस्या समाधानको उत्तम बिकल्प रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

चिकित्सक संघ जस्तो जिम्मेवार निकायले मध्यस्थताको भूमिका निर्वाह गर्नुको साटो स्वास्थ्य सस्था जस्तो संवेदनसिल क्षेत्रमा बन्द आवहन गर्नु गलत भएको एशोसिएसनको निष्कर्ष छ । चिकित्सक संघले बिहिबार देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेपछि एशोसिएसन त्यसको बिपक्षमा उत्रिएको हो ।

अध्यादेशको रुपमा संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा बिधेयक हुवहु पारित गर्नुपर्ने माग राख्दै डा.केसी जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन बसिरहेका छन् । डा.केसीको पक्षमा भईरहेको आन्दोलन जस्तै उनको बिपक्षमा पनि माहोल तातिदै गएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि