• होमपेज
  • देश
  • २० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि

२० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि

  • सोमवार, असार ३२, २०७५
२० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि

रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो ।

खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए । खेलको २८औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरी गरेका थिए । फ्रान्सका एन्टोनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गरी २–१ को स्थितिमा पु¥याएका थिए ।

मध्यान्तरपछिको खेलमा पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे । केलियन एमबाप्पेले ६५औँ मिनेटमा डिबक्स नजिकबाट फ्रान्सका लागि चौथो गोल गरे । खेलको ६९औँ मिनेटमा क्रोएसियाका मान्जुकिकले गोल गरे पनि हारलाई भने टार्न सकेनन् ।

फ्रान्सले यसअघि सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । युरोपको सानो राष्ट्र क्रोएसिया भने पहिलो पटक उपाधिका लागि भिडेको हो ।

यसअघि सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले बेलायतलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे । क्रोएसिया अनपेक्षित परिणाम निकाल्दै फाइनलमा पुगेको थियो । ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना जस्ता विश्वकप उपाधि जितिसकेका हस्तीहरु पराजित भई घर फर्केको अवस्थामा क्रोएसिया सबैलाई चकित पार्दै उपाधिको दाबेदार बनेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि