• होमपेज
  • फिचर
  • प्रभु बैंकको पूँजी ८ अर्ब पुग्यो

प्रभु बैंकको पूँजी ८ अर्ब पुग्यो

  • सोमवार, असार ३२, २०७५
प्रभु बैंकको पूँजी ८ अर्ब पुग्यो

विभिन्न वाणिज्य बैंकहरूको नबिकेको हकप्रद शेयर टेण्डरमार्फत् खरिद गरी कर्मचारी सञ्चय कोष बैंक र वित्तीय संस्थाहरूमा आफ्नो अस्तित्व देखाउन पछिल्लो समय सफल हुँदै गएको छ ।

हालै प्रभु बैंक समूहअन्तर्गत रहेको प्रभु बैंक लिमिटेडको नबिकेको हकप्रद शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेर प्रभु समूहमा छिरेको छ । यसभन्दा अगाडि उसले सिभिल बैंकको पनि नबिकेको हकप्रद शेयर खरिद गरेको थियो ।

विभिन्न वाणिज्य बैंकरूमा केही प्रतिशत शेयर किन्दै आएको कर्मचारी सञ्चय कोषले पछिल्लो समय देवीप्रसाद भट्टचन अध्यक्ष रहेको प्रभु बैंकको शेयर खरिद गरेको हो ।

ग्राण्ड बैंक र किष्ट बैंक मर्जर भएर बनेको नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकमध्ये प्रभु बैंक पर्दछ । प्रभु बैंकको सर्वसाधारणतर्फको शेयर साधारण लगानीकर्ताहरूले किनेका छन् भने संस्थापक शेयर साना लगानीकर्ता र कर्मचारी सञ्चय कोषले किनेको हो । बोलपत्र आवेदनको लागि न्यूनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म व्यवस्था गरिएको थियो ।

बैंकको संस्थापक शेयरमा अधिकतम प्रति कित्ता एक सय १६ रुपैयाँसम्मका दरले आवेदन परेको थियो । अधिकांश शेयर एक सय रुपैयाँ दरमै बिक्री भएको बैंकले बताएको छ । साधारण शेयर भने एक सय ९७ रुपैयाँ ४० पैसासम्म कबुल भएका छन् । बैंकले न्यूनतम एक सय ५७ रुपैयाँ ६० पैसासम्ममा साधारण शेयर बिक्री गरेको छ ।

हकप्रद बिक्रीसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा ८६ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ भने जगेडा कोषमा तीन अर्ब रुपैयाँ भन्दा धेरै रकम जम्मा गरेको देखिन्छ । यस बैंकको सीइओमा सबैभन्दा कान्छा बैंकर अशोक शेरचन रहेका छन् । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा