प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान
भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सि.सं. ५८ अधिकृत क्याडेट तालिमका १४ जना महिला, ११४ जना पुरुष, ४ जना विदेशी, सि.सं. ४८ पदिक/हुद्धा अधिकृत क्याडेट तालिमका १८ जना पदिकरहुद्धा अधिकृत क्याडेट र मित्रराष्ट्र श्रीलंकामा तालिम पुरा गरि […]