• होमपेज
  • समाचार
  • निर्माणलाई गति दिन निर्देशन

निर्माणलाई गति दिन निर्देशन

  • मङ्लबार, जेष्ठ ६, २०७७
निर्माणलाई गति दिन निर्देशन

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले विकास निर्माणको गतिलाई तिव्र पार्न निर्देशन दिनुभएको छ । प्रदेशका १३ वटै जिल्ला हेर्ने विभिन्न नौ कार्यालयका प्रमुखसँग छलफलमा गर्दै मन्त्री फुयाँलले कोरोना प्रतिरोधको संस्कृतिसहित सामाजिक तथा भौतिक दूरी कायम गर्दै एवं सुरक्षाका सबै सावधानी अपनाएर निर्माण कार्यमा गति दिन आग्रह गर्नुभयो । भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा मन्त्री फुयाँलले विकास निर्माणको कामलाई कुनै पनि बाहनाले रोक्न नहुने बताउनुभयो । भिडियो कन्फ्रेन्समा यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय तथा विभिन्न जिल्ला हेर्ने प्रादेशिक सडक डिभिजन कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

बैठकपछि रासससँग कुराकानी गर्दै मन्त्री फुयाँलले कोरोनाको कहरले धकेलिएको विकास निर्माणको दरलाई सामान्य बनाउँदै जाने र स्थानीय मजदुरहरुको प्रयोग गरी निर्माणको कामलाई तीव्र बनाउने नीति लिइएको जानकारी दिनुभयो । “हामी अस्थिर छौँ, हामीसँग थकाइ मार्ने फुर्सद छैन, प्रदेश सरकारले विभिन्न चरणमा विभिन्न प्रतिबद्धता गरेको छ र ती प्रतिबद्धता पूरा गर्नु हाम्रो कर्तव्य हो , त्यसमा हामी लागि रहन्छौँ”, उहाँले भन्नुभयो । प्रदेशका १३ वटै जिल्लामा धमाधम काम भइरहेको उहाँको भनाइ थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि