• होमपेज
  • समाचार
  • यूएईले ३ महिनाभित्रै देश नछाडे जरिवाना तिराउने

यूएईले ३ महिनाभित्रै देश नछाडे जरिवाना तिराउने

  • बिहिबार, जेष्ठ १, २०७७
यूएईले ३ महिनाभित्रै देश नछाडे जरिवाना तिराउने

संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा  उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन ।

यूएईको फेडेरल अथोरिटी अफ आइडेन्टिफाइ एण्ड सिटिजनसिपका प्रवक्ता बि्रगनडिएर खामिस अल काबीले अहिले छुट पाएका मानिसहरुलाई कुनै जरिवाना नलाग्नुका साथै उनीहरुले मे १८ बाट मुलुक छाड्न पनि पाउने बताए ।

यो छुट अवधि तीन महिनासम्म जारी रहने उनको भनाइ छ । यो छुट अवधि सबै इमिरेट्स आईडी र वर्क परमिट सकिएका मानिसहरुको लागि कायम रहने बताइएको छ ।

अहिले गरिएको निर्णयले कसैलाई पनि निश्चित शर्त पूरा गरेर आफ्नो मुलुक फर्किन नरोक्ने काबीले बताए । मे १८ देखि ३ महिनाभित्रै देश नछाडे जरिवाना तिराउने तयारी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि