• होमपेज
  • समाचार
  • पेट्रोलियम पदार्थ खपत दोब्बर

पेट्रोलियम पदार्थ खपत दोब्बर

  • आइतवार, बैशाख २८, २०७७
पेट्रोलियम पदार्थ खपत दोब्बर

नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ ।

डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उहाँका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५, डिजेल ७२ र मट्टीतेल ८० प्रतिशत मौज्दात छ । तिनमा पाँच हजार ३१० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल चार हजार ५ सय किलोेलिटर पेट्रोल राखिएको छ । त्यस्तै आठ हजार चार सय किलोलिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल सात हजार किलोलिटर र ७६० किलोलिटर क्षमता रहेको मट्टीतेलमा हाल सात सय किलोलिटर राखिएको छ ।

क्षमता हुँदाहँुदै पनि भरी मात्रामा तेल राख्न नमिलेका कारण ट्याङकरमै तेल राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अुनसार हाल तीस ट्याङकरमा पेट्रोल र एक सय ट्याङकरमा डिजेल डिपोमा राखिएको छ । लकडाउनअघिसम्म काठमाडौँ उपत्यकामा मात्र दैनिक छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हँुदै आएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि