• होमपेज
  • Uncategorized
  • चितवनमा प्रचण्डको घरदैलो अभियान सुरु (तस्विरसहित)

चितवनमा प्रचण्डको घरदैलो अभियान सुरु (तस्विरसहित)

  • बिहिबार, कार्तिक २३, २०७४
चितवनमा प्रचण्डको घरदैलो अभियान सुरु (तस्विरसहित)

चितवन,कार्तिक २३-

माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधी सभाका उम्मेद्वार पुष्पकमल दाहाल “प्रचण्ड”ले आज (विहिवार) देखी घरदैलो अभियान सुरु गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्वर १३ को उज्वलनगरवाट उनले घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलोका क्रममा स्थानियले प्रचण्डलाई स्वागत गर्दै चितवनको विकासमा संधै यही क्षेत्रमा रहिरहन आग्रह गरेका थिए । ८४ बर्षिय वृद्ध मुनि न्यौपानेले प्रचण्डलाई आशिर्वाद दिँदै भेट्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले आफ्नो पालामा देशमा विकास नभएको भन्दै अव विकास हुनेमा आशावादी रहेको वताइन् ।

घरदैलो अघि प्रचण्डले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटन गरेका छन् । प्रचार कार्यालयको उद्घाटन गर्दै प्रचण्डले चितवन र समग्र राष्ट्रको संमृद्धीको लागी चितवन रोजेको वताए । उनले निर्वाचनपछि नेपालमा बामपन्थीको दुइतिहाई बहुमत आउने र स्थीर सरकारसंगै देश आर्थिक संमृद्धीमा लाग्ने वताए ।

यस्तै सोही अवसरमा वोल्दै चितवन ३ प्रदेश (ख) का उम्मेद्वार रामलाल महत्तोले आफुले शिर्ष नेताको साथमा लागेर विकास निर्माण गर्ने प्रतिवद्धता जनाए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा