• होमपेज
  • समाचार
  • विकास निर्माणका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस्ः महतो

विकास निर्माणका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस्ः महतो

  • बिहिबार, कार्तिक २३, २०७४
विकास निर्माणका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस्ः महतो

चितवन, कार्तिक २३–

प्रदेश सभा तर्फको चितवन क्षेत्र नं.३ (ख)का लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार साजन कुमार महतोले विकास निर्माणका लागि लोकतान्त्रिक गठबन्धन एक भएर अघि बढेको बताउनुभएको छ ।

आज निर्वाचन क्षेत्र अन्तरगत पर्ने विभिन्न क्षेत्रहरुमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्दै उम्मेद्वार महतोले अबको आवश्यकता नै विकास भएको भन्दै देशलाई समृद्धि तर्फ लैजान लोकतान्त्रिक गठबन्धनको ध्यान केन्द्रित भएको बताउनुभयो । उहाँले विभिन्न कालखण्डमा वामगठबन्धनमा आवद्ध दलहरुले नै देशलाई विनाश तर्फ लगेको भन्दै अब नेपाली काँग्रेससंगै आवद्ध दलहरु विकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

अहिले दुई गठबन्धनको ठूलो संघर्ष चलिरहेको भन्दै वामगठबन्धनलाई पराजित गरि देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले हिंसाबाट अब शान्तिको बाटोमा देश आईसकेको भन्दै यसलाई कायम गर्न लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । सो क्रममा उहाँले आफू गाउँघरमै हुर्किएर गाउँघरकै सेवामा निरन्तरत लागि परेकोले आफ्नो जित सुनिश्चित भएको दावी गर्नुभयो ।

उम्मेद्वार महतो आज निर्वाचन लक्षित जगतपुर बजारमा आयोजित संयुक्त क्षेत्रीय कार्यालय उद्घाटन, शिवनगरमा संयुक्त वडा कार्यालय उद्घाटन, कृष्णचोकमा संयुक्त वडा कार्यालय उद्घाटन र चनौलीमा क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रमहरुमा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार विक्रम पाण्डेले समेत सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा