• होमपेज
  • समाचार
  • कम्युनिष्ट ईमान्दार हुँदैनन्ः जीतनारायण श्रेष्ठ

कम्युनिष्ट ईमान्दार हुँदैनन्ः जीतनारायण श्रेष्ठ

  • बिहिबार, कार्तिक २३, २०७४
कम्युनिष्ट ईमान्दार हुँदैनन्ः जीतनारायण श्रेष्ठ

चितवन, कार्तिक २३–

प्रदेश सभा सदस्य चितवन क्षेत्र नम्बर २ (क) का उम्मेद्वार जीतनारायण श्रेष्ठले कम्युनिष्टमा ईमान्दारिता नहुने बताउनु भएको छ । आज कालिका नगरपालिका वडा नम्बर–८ मा आयोजित वडा भेलामा सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । सत्ता मोहका कारण कम्युनिष्ट पार्टीहरु बिग्रिएको बताउँदै उहाँले बामपन्थि शक्ति एक हुनुमा सत्ता मोह नै रहेको दावी गर्नुभयो ।

२०६४ सालको संबिधान सभाको निर्वाचनमा पनि जनताले कम्युनिष्टलाई पहिलो शक्ति बनाएको तर त्यो समयमा जनताका लागि संबिधान जारी गर्नु भन्दा पनि सरकार परिवर्तनमा मात्रै केन्द्रित भएको बताउनु भयो । सत्ताको मोहका कारण बाम एकता निर्वाचन पछि फुट्ने दावी गर्दै उहाँले संबिधानको रक्षाका लागि काँग्रेस र लोकतान्त्रीक गठबन्धनको जित हुनु आबश्यक रहेको बताउनु भयो । एमाले र माओवादीसंग कुनै ईमान्दारिता नरहेकाले निर्वाचनमा ठूलो क्षती हुने भएपछि डरले एक ठाउँमा पुगेको उहाँको भनाई थियो ।

नेपालको हरेक विकासका क्रमहरु काँग्रेसकै अगुवाईमा भएको भन्दै उहाँले जनताले काँग्रेसको साथ र सहयोग खोजेको बताउनु भयो । जनताको चाहना अनुसारको ईतिहास र भविश्य बोकेको काँग्रेसलाई कुनै तागतले हराउन नसक्ने भन्दै श्रेष्ठले पहाडी क्षेत्रको विकास र नारायणगढ बजारको व्यवस्थापन आफ्नो जिम्मेवारी रहेको बताउनु भयो । सिद्धिमा रहेका चेपाङ्हरुको पिडामा मलम लगाउदै आएको बताउँदै उहाँले हरेक समस्याको समाधनका लागि मुलुकमा काँग्रेसनै आवश्यक पर्ने बताउनु भयो ।

राजनीतिमा जे पनि हुन सक्ने भन्दै उहाँले दुई महिना अघि काँग्रेस चितवनलाई परेको चोट अब फेरी एमालेलाई पर्ने बताउनु भयो । वीपीले चाहेको संबिधान अहिले आएर बनेको बताउँदै उहाँले अब यसको रक्षाका लागि पनि काँग्रेस आवश्यक हुने बताउनु भयो । यस्तै आज भरतपुर महानगरपालिका वडा नम्बर २९ को जुगेडी र ३ मा वडा भेला सम्पन्न भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार