• होमपेज
  • समाचार
  • रत्ननगरमा महिला संघको क्षेत्रीय भेला

रत्ननगरमा महिला संघको क्षेत्रीय भेला

  • बिहिबार, कार्तिक २३, २०७४
रत्ननगरमा महिला संघको क्षेत्रीय भेला

अनिता अर्याल,

चितवन, कार्तिक २३–

नेपाल महिला संघ क्षेत्रीय समिति प्रदेश (ख) ले वृहत महिला भेलाको आयोजना गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय पार्टी कार्यालयमा भएको कार्यक्रममा महिला संघ क्षेत्रीय सभापति शर्मिला लामिछानेको सभापतित्व रहेको थियो ।

कार्यक्रममा पार्टी क्षेत्रीय सभापति कुमार कार्की कार्यक्रमको प्रमुख आतिथि रहेका थिए । आसन्न मंसिर २१ गते हुने प्रतिनीधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षितगरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष शर्मिला लामिछाने बताईन् । कार्यक्रममा प्रतिनिधि सभा उम्मेद्वार राजेन्द्र प्रसाद बुर्लाकोटी, प्रदेश सभा उम्मेदवार उत्तम आचार्य, महिला संघ जिल्ला कोषाध्यक्ष रिता अधिकारी, नेपाली काँग्रेसकी प्रवक्ता निता ढकाल, जिल्ला सह–सचिव सूर्य अर्याल, नगर सभापति रुपनराज घिमिरेलगायत वडा तह देखि क्षेत्रीय तहसम्मका महिलाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका उम्मेद्वार उत्तम आचार्यले महिलाको गुनासोलाई अबका दिनमा सवोधन गरेर अगाडि बढ्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार