• होमपेज
  • Uncategorized
  • ६० वर्षसम्म गर्भवती रहेकी यी महिलाको पेटबाट यसरी निकालियो बच्चा

६० वर्षसम्म गर्भवती रहेकी यी महिलाको पेटबाट यसरी निकालियो बच्चा

  • बिहिबार, कार्तिक २३, २०७४
६० वर्षसम्म गर्भवती रहेकी यी महिलाको पेटबाट यसरी निकालियो बच्चा

एजेन्सी,कार्तिक २३

आमा बन्नु प्राय सबै महिलाका लागि गर्भको कुरा हो । तर कतिपय महिलाको जीवनमा यो प्रक्रिया समान्य हुँदैन । आफ्नो पेटमा ६० वर्षअघि देखि गर्भ रहेको कुरा थाहा नपाउँदा यी महिलालाई कस्तो महसुस भयो होला ?

चिलीको ला बोकामा बस्दै आएकी ९३ वर्षीया एस्टेलाले आफ्नो पेटमा रहेको बच्चाका बारेमा जीवनभर थाहा पाइनन् । वास्तवमा उनी ४१ वर्षको हुँदा गर्भवती भएकी रहिछन् । तर उनले यसबारेमा थाहा पाइनन् । धेरै महिना पुगेपछि उनको केही कारणवश गर्भपतन भएको थियो तर उनले थाहा नपाएकाले मरेको बच्चा उनको पेटमै रहिरह्यो । यसपछि उनी कहिल्यै गर्भवती भइनन् । तर २०१५ मा गम्भीर बिरामी भएपछि उनको पेट पनि जोडले दुख्न थाल्यो । चिकित्सकले एक्स–रे गरिसकेपछि पहिले त उनको रिपोर्ट हेरेर पाठेघरमा ट्युमर पलाएको बताए । तर उपचार गर्दै जाँदा अन्त्यमा चिकित्सकहरुले उनको पेटमा ढुङ्गा जस्तो देखिएको वस्तु ट्युमर नभएर ६० वर्ष पहिले गर्भमै मरेको बच्चा भएको थाहा पाए । सो बच्चा सुकिसकेको थियो र उनको पाठेघरमै बसेको थियो । पाठेघरमै बसेको हुनाले उनको स्वास्थ्यम यत्तिका वर्षसम्म त्यसले केही हानि नपुर्याएको डाक्टरले बताए । तर यसबारेमा थाहा पाइसकेपछि उनले भने विश्वास गर्न सकिनन् ।
कतिपय मानिसले यो कुरामा विश्वास नगरेपनि विज्ञानको भाषामा यसलाई लिथोपीडियन भनिन्छ र यो वास्तविक जीवनमा कोहीकोहीसँग मात्र हुने गर्छ । यस्तो अवस्थामा बच्चा गर्भमै मरिसकेपछि ठूलो हुँदै जान्छ र शरीरबाट सजिलै बाहिर निस्कन सक्दैन । यो बच्चा गर्भाशयमै बसिरहने भएकाले यसले शरीरलाई गम्भीर हानि पुर्याउँदैन । तरपनि धेरै लामो समय भएपछि चाहिँ जोडसँग पेट दुख्न थाल्छ ।
यसबारेमा एस्टेलाले भने धेरै दुःख व्यक्त गरेकी छन् । ६० वर्षदेखि थाहा नपाएको आफ्नो बच्चालाई गुमाएकोमा उनलाई निकै पुछुतो लागेको बताइन् । उनलाई धेरै पटक पेट दुखिरहँदा पनि उनले त्यति वास्ता नगरेको र यत्तिका वर्षसम्म केही थाहा नपाएको बताएकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि