• होमपेज
  • Uncategorized
  • ज्येष्ठ नागरिक र जनप्रतिनिधीलाई आदर्श टोलको सम्मान

ज्येष्ठ नागरिक र जनप्रतिनिधीलाई आदर्श टोलको सम्मान

  • शनिबार, कार्तिक १८, २०७४
ज्येष्ठ नागरिक र जनप्रतिनिधीलाई आदर्श टोलको सम्मान

चितवन,कार्तिक १८-

आदर्श टोल विकास संस्था दिव्यनगरले भरतपुर महानगरपालिका वडा नं.२६ का ज्येष्ठ नागरिक तथा स्थानीय जनप्रतिनिधीहरूलाई सम्मान गरेको छ । नेपाली समाजमा अझै पनि जेष्ठ नागरिकलाई हेला गर्ने प्रवृत्ति पूर्णरूपमा हटिजसकेको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको समाजले जनाएको छ ।

‘वृद्धवृद्धालाई सबैले माया ममता दिएर सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले हामीले सम्मान गरेका हौँ,’ समाजका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले भने । कार्यक्रममा ४० जनाभन्दा बढी जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको उनले बताए । साथै सोही अवसरमा ज्याकेट, टोपी, गलबन्दीसहित स्याउ, केरा, जुस, विस्कुटलगायतका सामाग्रीसमेत वितरण गरिएको थियो ।

सन्तानप्रति अभिभावकको माया र अभिभावकप्रति सन्तानको माया कहल्यै पनि टुट्न नहुने भन्दै समाजमा जनचेतना फैलाउनका लागि पनि यो कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव तीर्थराज अधिकारीले बताए । समाजका ज्येष्ठ नागरिक भवानी प्रसाद भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २६ का अध्यक्ष ज्ञानप्रसाद खनाल, संस्थाका निवर्तमान अध्यक्ष बुद्धिबहादुर गुरूङ, वडा सदस्य गिता कुमारी शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रमको अन्त्यमा संस्थाको आर्थिक सहयोगस्वरूप गुरूङ भिजन प्रालिको प्रस्तुतीमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘मायाको चिनो’समेत प्रर्दशन गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)