• होमपेज
  • समाचार
  • गगनले जनतासँग माफि माग्दै सुरु गरे चुनावी अभियान

गगनले जनतासँग माफि माग्दै सुरु गरे चुनावी अभियान

  • शनिबार, कार्तिक १८, २०७४
गगनले जनतासँग माफि माग्दै सुरु गरे चुनावी अभियान

काठमाडौं,कार्तिक १८ –

काठमाडौं ४ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले जनतासँग माफि माग्दै चुनावी अभियान सुरु गरेका छन् ।प्रदेशसभाका उम्मेदवारद्वय नरोत्तम बैद्य र साधुराम खड्कासहित थापाले चावहिलबाट चुनावी अभियान थालेका हुन् । चार वर्षमा अन्य सांसदहरुको तुलाना आफूले कार्यालय नै खडा गरेर काम गरेको भन्दै उनले फेहरिस्ता सुनाए ।

यद्यपि धेरै गर्न सकिन्थ्यो भन्दै जनतासँग क्षमा माग्दै  भने, ‘अझ राम्रो गर्न सकेको भए मलाई जति आनन्द कसलाई लाग्थ्यो होला र । तर, सबै मेरो वसमा छैन ।’ उनले आफू हाउजिङमा बसेर बेलाबेला घुम्म आउन सांसद नभएको भन्दै जनताको सुखदुःखप्रति जानकार रहेको बताए ।

चुनावी प्रतिपर्धामा रहेका एमाले नेता राजन भट्टराईलाई सालिन युवा भन्दै गगनले आफ्ना कुरा राख्न आग्रह गरे ।

सांसद नभएका व्यक्तिले चार वर्ष गगन थापाले के गर्‍यो भन्न पाएपछि सँगै सांसद रहेका भट्टराईले नमिल्ने तर्क गरे । उनले अघि भने, चावहिलको बाटोमा गगनले धुलो उडायो भन्दा गर्दा तिमीले पानी किन हालेन भनेर जनताले सोध्छन् ।’

उनले आफूले कुनै पनि राम्रो काम गर्न खोज्दा चारैतिरबाट आक्रमण हुने गरेको गुनासो गरे । कहिले गगन थापाले कृषक भनेर १४ करोड खायो, त कहिले दुई महिनामा कायाकल्प गर्छु भन्यो भन्दै गलत प्रचार भएको भन्दै थापाले भने, ‘अब कसैले भारतको दलाल, कसैले अमेरिको दलाल भनेको पढ्नुहुन्छ । कसैले घरेडी मात्र ५० ठाउँमा छ भनेर पढ्न पाउनुहुन्छ ।’

आफ्ना प्रतिस्पर्धीलाई कमरेड भन्दै कांग्रेस उम्मेदवार गगनले भने, ‘यो क्षेत्र नम्बर ४ हो, यहाँका मतदातालाई न राजाले झुक्याउन सक्यो न माओवादीले । अरु ठाउँमा हल्लाको अर्थ रहला । मेरो ठाउँमा आएर नचाहिले हल्ला नगर्नु तपाईको स्वार्थको हितकर हुन्छ ।’

Facebook Comments

सम्बन्धित समाचार