• होमपेज
  • समाचार
  • यु-१९ क्रिकेट : दोस्रो अभ्यास खेलमा नेपाल बंगलादेशसँग १२३ रनले पराजित

यु-१९ क्रिकेट : दोस्रो अभ्यास खेलमा नेपाल बंगलादेशसँग १२३ रनले पराजित

  • शनिबार, कार्तिक १८, २०७४
यु-१९ क्रिकेट : दोस्रो अभ्यास खेलमा नेपाल बंगलादेशसँग १२३ रनले पराजित

काठमाडौं,कार्तिक १८ –

एसिसी यू–१९ एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टिम दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। नेपाललाई बंगलादेशको युवा टिमले १२३ रनले पराजित गरेको हो। यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।

घरेलु टिम बंगलादेशले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल ३६-५ ओभरमा १ सय ४ रनमा अलआउट भयो।

नेपालका लागि सर्वाधिक रन दशौं नम्बरका ब्याट्सम्यान रसिद खानले जोडे । उनले २४ रन जोडे। ४० बलको सामना गरेका रसिदले २ चौका र १ छक्का हिर्काए। यस्तै सन्दीप लामिछानेले नटआउट १२ रन जोडे। सन्दीप र रसिदले दशौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि नेपालले सय रन कटाएको थियो।

मध्यक्रमका ब्याट्सम्यान पवन शर्राफले १६ रन जोडे । रनआउटको सिकार हुनुअघि उनले ४२ बल खेलेर २ चौका हिर्काए। प्रनित थापा मगरले १२ रन बनाए। उनले ४२ बल खेलेर २ चौका हिर्काए।

खराब ओपनिङ गरेको नेपालले सुरुवाती ५ विकेट ११ ओभरमा गुमाउँदा केवल २९ रन जोड्यो। ओपनर सन्दीप सुनार ३ र मोहम्मद आसिफ शेख ९ रनमै पेभेलियन फर्के। कप्तान दीपेन्द्रसिंह ऐरी शून्न रनमा आउट हुँदा रोहित कुमार पौडेलले ९ रन मात्र जोड्न सके। भीम सार्की पनि ६ रनमै आउट भए। नेपालको इनिङलाई धरासायी बनाउन बंगलादेशका हसन मोहम्मदले ३ विकेट लिए। रोनी हुसेन, रोबिउल हक र अफिफ हसनले समान २–२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २ सय २७ रन जोड्यो । बंगलादेशका लागि कप्तान सइफ हसनले सर्वाधिक ६२ रन बटुले। उनले १ सय १५ बलमा ४ चौका र १ छक्का हिर्काए। मध्यक्रमका ब्याट्सम्यान अफिफ हुसेनले ५९ रन जोडे। उनले ६७ बलमा २ चौका र ४ छक्का हिर्काए। उनलाई पवन शर्राफले रनआउटको सिकार बनाएका थिए। त्यअसघि ओपनर नइम शिखले २६ तथा सोजिव हुसेनले ७ रन जोडेका थिए।

खेलमा नेपालले बंगलादेशका ४ ब्याट्सम्यानलाई रनआउटको सिकार बनायो। जसमा पवनले २ जनालाई रनआउट गर्दा भीम सार्की र दीपेन्द्रसिंह ऐरीले १–१ जनालाई रनआउट मार्फन पेभेलियन फर्काए। बलिङतर्फ नेपालका पवन र दीपेन्द्रले २–२ विकेट लिए।

नेपालले अभ्यासका क्रममा बंगलादेशको युवा टिमसँग अब १ अभ्यास खेल खेल्नेछ । अन्तिम अभ्यास खेल सोमबार हुनेछ।

अभ्यासपछि नेपाल एसिया कप खेल्न मलेसिया जानेछ। कात्तिक २३ देखि मलेसियामा हुने एसिसी यू–१९ एसिया कपमा नेपाल र भारत एउटै समूहमा छन् । समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ुबीु मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्नेछन्।

एसिया कपमा नेपालले पहिलो खेल कात्तिक २५ मा बंगलादेशसँग खेल्नेछ । नेपालको दोस्रो खेल कात्तिक २६ मा भारतसँग र तेस्रो खेल कात्तिक २७ मा मलेसियासँग छ।

Facebook Comments

सम्बन्धित समाचार