• होमपेज
  • अर्थ/वाणिज्य
  • जडीबुटीबाट रु तीस लाख राजश्व संकलन

जडीबुटीबाट रु तीस लाख राजश्व संकलन

  • शनिबार, कार्तिक १८, २०७४
जडीबुटीबाट रु तीस लाख राजश्व संकलन

जुम्ला,कार्तिक १८ –

जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट रु ३० लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्ममा सो कार्यालयलले जडीबुटीबाट रु ३० लाख एक हजार ४५० राजश्व संकलन गरेको हो । बिशेषगरी यार्सागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत १६ प्रकारका जडीबुटीबाट सो रकमको राजश्व संकलन गरिएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ जुम्लाबाट उक्त अबधिमा ७६ केजी ६०० ग्राम यार्सागुम्बा ९जीवनबुटी०, ६७६ केजी गुच्ची च्याउ, सतुवा ४५०, वन लसुन दुई हजार १६०, सेतक चिनी ३० हजार ७५०, साधारण च्याउ तीन हजार ९००, धूपी पात ४० हजार केजी संकलन गरिएको छ ।” जसमा यार्सागुम्बा, सतुवा र वन लसुन संकलन भए पनि निर्यात भइसकेको उहाँले बताउनुभयो ।

त्यसैगरी, सुगन्धवाल ९००, पदमचाल २९ हजार ५००, काला दाना ३००, चिराइतो १००, पाषणवेद ११ हजार, विषजरा ९००, सुनपाती चार हजार ५००, अमलवेद छ हजार र अतिस १५० केजी गरेर कूल एक लाख ३१ हजार ३६२ केजी जडीबुटी संकलन भएकोमा एक हजार २०२ केजी ६०० ग्राम निर्यात भइसकेको वन अधिकृत श्रेष्ठको भनाइ छ ।

संकलित जडीबुटीमा प्रतिकेजी रु २५ हजार राजश्व दर भएको ७६ केजी ६०० ग्राम यार्सागुम्बाबाट मात्रै रु १९ लाख १३ हजार र प्रतिकेजी रु ३०० राजश्व दर भएको गुच्ची च्याउबाट रु दुई लाख दुई हजार ८०० र बाँकी रु आठ लाख ९५ हजार ६५० अन्य जडीबुटीबाट राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

गत आव ०७३÷७४ मा वन कार्यालय जुम्लाले रु ५८ लाख ८८ हजार २०१ राजश्व संकलन गरेको थियो । यो वर्षबाट व्यापारीलाई भने जटामसीको इजाजत दिन प्रतिवन्ध लगाइएको कार्यालयको भनाइ छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा