• होमपेज
  • Uncategorized
  • प्रचण्ड आश्वासनः माडीमा रिङरोड, निकुन्जमा सुरुङमार्ग, रिउखोला तटबन्ध !

प्रचण्ड आश्वासनः माडीमा रिङरोड, निकुन्जमा सुरुङमार्ग, रिउखोला तटबन्ध !

  • शनिबार, कार्तिक १८, २०७४
प्रचण्ड आश्वासनः माडीमा रिङरोड, निकुन्जमा सुरुङमार्ग, रिउखोला तटबन्ध !

चितवन,कार्तिक १८-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडी प्रवेश गर्ने निकुञ्ज भित्र सुरुङ मार्ग बनाउने आश्वासन बाँडेका छन् । चितवनको माडीमा दोस्रोपटक सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्न पुगेका अध्यक्ष दाहालले माडीको बादरझुलाको वस्तीलाई विकल्पसहित स्थानान्तर गर्ने र सुकुम्वासी समस्या समाधानका लागि स्थीर कम्युनिष्टको सरकारले ठोस योजनासहित कार्यक्रम ल्याउने बताए । ‘माडीमा दुःख दिने रिउ नदीका साथै राप्ती र नारायणी नदीमा व्यवस्थित तटवन्धन गर्ने उनको भनाई छ । स्थीर सरकार, सम्वृद्धि र विकासका लागि नै वाम तालमेल गरिएको भन्दै अध्यक्ष दाहालले वामतालमेल तालमेलका लागि मात्र नभई एउटै कम्युनिष्ट केन्द्र निर्माणका लागि भएको वताए ।

चितवन क्षेत्र नः ३ मा वाम गठवन्धनका तर्फबाट उम्मेदवारसमेत रहेका अध्यक्ष दाहालले बाँदरमुडे घटनाका दोषी माथि कारर्वाही गरिने आश्वासन दिएका छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगले छानविन गर्दा दोषी ठहर भए उनीहरु माथि कारर्वाही हुने प्रचण्डले प्रतिवद्धता जनाए । केहीदिन अघि भरतपुरमा भएको पत्रकार सम्मेलनमा उनले बाँदरमुडे घटनाका दोषी माथि पार्टी कारर्वाही गरेको जानकारी दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार