• होमपेज
  • Uncategorized
  • विवेकशील साझाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि बन्द–हड्ताल नगर्ने प्रतिबद्धतासम्म

विवेकशील साझाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि बन्द–हड्ताल नगर्ने प्रतिबद्धतासम्म

  • शनिबार, कार्तिक १८, २०७४
विवेकशील साझाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि बन्द–हड्ताल नगर्ने प्रतिबद्धतासम्म

काठमाडौ‌ं,कार्तिक १८ –

वैकल्पिक राजनीतिक शक्तिका रुपमा दाबी गरेको विवेवशील साझा पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। विवेकशील साझा पार्टीले अन्य राजनीतिक दलहरु सीमित कार्यकर्ताको स्वार्थमा राज्य स्रोतको दुरुपयोग र चरम दोहनमा सक्रिय रहेकाले आफूलाई भोट दिनुपर्ने दाबी प्रस्तुत गरेको छ। विवेकशील साझाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुपको मुद्दालाई जोडतोडका साथ उठाउने जनाएको छ।

जनताको विकास र समृद्धिको आकांक्षा परम्परागत दलहरुबाट सम्बोधन हुन नसक्ने विवेकशील साझाको घोषणापत्रमा उल्लेख छ। यही राष्ट्रिय आवश्यकताका कारण विवेकशील साझा पार्टीको जन्म भएको घोषणापत्रमा लेखिएको छ।

लोक कल्याणकारी र समावेशी राज्य आफ्नो प्रतिबद्धता भएको विवेकशील साझाले घोषणापत्रमा उल्लेख गरेको छ।

‘पुराना पार्टीहरुले आफ्नो स्वार्थ अनुकुल पद्धतिलाई तोडमोड गर्दै सञ्चालन गरेका छन्। आफूले चाहेजस्तो नभएमा संसद र सडकमा बन्द–हड्ताल गर्ने चरित्र पुराना दलहरुका देखिएको छ,’ घोषणापत्रमा उल्लेख छ, ‘विवेकशील साझाले बन्द–हडताल गर्नेछैन।’

उसले पार्टी र राजनीतिक क्रियाकलापलाई पारदर्शी बनाउने दाबी गरेको छ। इमान्दार, निष्ठापूर्वक राजनीतिमा सक्रिय हुने, उत्कृष्ट व्यक्तिलाई राजनीतिमा सक्रिय गराउने र सबै क्षेत्रका मानिसलाई समानुपातिक सशहभागिता गराउने घोषणापत्रमा उल्लेख छ।

उच्च आर्थिक वृद्धिका लागि विशेष योजना सञ्चालन गर्ने, सहकारी, नीजि र सरकारी क्षेत्रको समन्वयमा विकास योजनाहरु सञ्चालन गर्ने, भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने र २०७२ सालमा भुकम्पबाट क्षति भएका निजी सम्पत्तिको क्षतिपूर्ति दिने विवेकशील साझाको घोषणापत्रमा लेखिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा