• होमपेज
  • समाचार
  • बाबुरामलाई जिताएर केहि फाइदा छैनः नारायणकाजी

बाबुरामलाई जिताएर केहि फाइदा छैनः नारायणकाजी

  • शनिबार, कार्तिक १८, २०७४
बाबुरामलाई जिताएर केहि फाइदा छैनः नारायणकाजी

गोरखा,कार्तिक १८-

नेकपा माओवादी केन्द्रका नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पुसभित्र वामपन्थीको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति गोरखाले पालुङटारको ठाटिपोखरीमा आयोजना गरेको सयुक्त प्रदेश स्तरिय शिक्षक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले बहुमतको सरकारसँगै राजनीतिक स्थिरता र विकासका लागि वाम गठबन्धनलाई बिजयी गराउन आग्रह गरे । श्रेष्ठले संगठनको हिसाबले गोरखामा माओवादी बलियो भएको र गठबन्धनले झन् बलियो भएको कारण उच्च मनोबलका साथ अघि बढ्न निर्देशन दिए ।

सम्बोधनका क्रममा श्रेष्ठले डाक्टर बाबुराम भट्टराईलाई इंगित गर्दै नयाँशक्ति नामको पुरानो विचार भएका व्यक्तिलाई जिताएर केही फाइदा नहुने बताए । माक्र्सवाद माओवाद, लेनिनवादलाई लत्याएका भट्टराई कहिले मधेसवादी दल सङ्ग पार्टी एकता गर्छु भन्ने, कहिले फेरि बामपंथी भए भन्दै बाम गठबन्धनमा आउने र कहिले कांग्रेसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ भन्ने अस्थिरता, अवसरवाद व्यक्ति भएको श्रेष्ठले टिप्पणी गरे ।

श्रेष्ठले आफुले जिते सिंगो देशले राष्ट्रिय स्वाधीनताको रक्षा र विकास पाउने दाबी गरे। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर दिनेशचन्द्र देवकोटाले डाक्टर बाबुराम भट्टराई प्रति लक्षित गर्दै नेपालमा डाक्टरको अभाव नभएको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार कमला नहर्की, नेकपा माओवादी केन्द्र गोरखा इन्चार्ज चुडामणिा खड्का, नेकपा एमाले गोरखाका पुर्व अध्यक्ष बाबुराम थापा लगायतकाले आ-आफ्नो धारणा राखेका थिए।

Facebook Comments

सम्बन्धित समाचार