• होमपेज
  • Uncategorized
  • उम्मेद्वारी दर्ता गराउदैं विक्रम पाण्डेले भनेः जनताको माया र विकाश निर्माण, मेरो जित्ने आधार !

उम्मेद्वारी दर्ता गराउदैं विक्रम पाण्डेले भनेः जनताको माया र विकाश निर्माण, मेरो जित्ने आधार !

  • बिहिबार, कार्तिक १६, २०७४
उम्मेद्वारी दर्ता गराउदैं विक्रम पाण्डेले भनेः जनताको माया र विकाश निर्माण, मेरो जित्ने आधार !

चितवन,कार्तिक १६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ का जनताको मायाका कारण पुनः उम्मेद्वारी दिएको वताउनुभएको छ । लोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराउने क्रममा संचारकर्मीसंग कुरा गर्दै बनमन्त्री समेत रहेका पाण्डेले २० बर्षदेखी चितवन ३ का जनतालाई साथ दिएका कारण जनताले आफुलाई रोज्ने वताउनुभयो । पाण्डेले भन्नुभयो, यहांको माटो संग म भिजेको छु,बच्चादेखी वृद्धसम्मले मेरो उम्मेद्वारी खोजेको छ, त्यसैले मेरो विजयी सुनिश्चित छ ।

पाण्डेले आफ्नो चुनाव जित्ने आधार विकास निर्माण भएको वताउनुभयो । चितवन ३ मा धेरै विकास निर्माणका काम आफुले गरेको र पाइपलाइनमा रहेका विकास निर्माण पुरा गर्न पनि आफ्नो जित आवश्यक रहेको उहांको भनाई छ । भरतपुर र माडि नगरपालिकालाई सम्मुनत बनाउन आफु केन्द्रित रहने पाण्डेले वताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार