काठमाडौं,कार्तिक १६ –
गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामाले काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन् ।
उनले काभ्रेपलाञ्चोक–१ को ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट उमेदवारी दर्ता गराएका हुन् । गत असोज ३० गते नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि उनी कांग्रेसका नेताको रुपमा चिनिँदै आएका थिए ।
एकीकरणअघि लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो भएका थिए । उनीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।