• होमपेज
  • Uncategorized
  • चितवनमा ४१ हजार ३३ जना नयाँ मतदाता, प्रचण्डको क्षेत्रमा सबैभन्दा धेरै

चितवनमा ४१ हजार ३३ जना नयाँ मतदाता, प्रचण्डको क्षेत्रमा सबैभन्दा धेरै

  • शनिबार, अशोज २१, २०७४
चितवनमा ४१ हजार ३३ जना नयाँ मतदाता, प्रचण्डको क्षेत्रमा सबैभन्दा धेरै

चितवन,असोज २०-

आगामी मंसीर २१ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि चितवनमा ४१ हजार ३३ जना नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली नाम दर्ता गराएका ४३ हजार ६ सय ८ जना मध्ये २ हजार ५ सय ७५ जनाले यसपटक मतदान गर्न नपाउने भएका छन् । थपिएका मतदाता सहित जिल्लामा कुल मतदाता ३ लाख ५४ हजार ३५ पुगेको छ । स्थानीय तहको निर्वाचनमा चितवनमा ३ लाख १३ हजार २ मतदाता रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार ३ निर्वाचन क्षेत्र रहेको चितवनमा सबैभन्दा बढी मतदाता क्षेत्र नः ३ मा रहेका छन् । यो क्षेत्रबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका मिलेर क्षेत्र नः ३ बनेको छ । यस क्षेत्रमा १ लाख २५ हजार ८ सय १८ मतदाता पुगेका छन् । यस्तै क्षेत्र १ नम्बर क्षेत्रमा १ लाख १९ हजार ९ सय ९८ र क्षेत्र नः २ मा १ लाख ८ हजार २ सय १९ मतदाता छन् ।

मतदाताको अन्तिम नामवली आएपछि जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रित तयारी थालेको जनाएको छ । कार्यालयका प्रमुख ढकालले भने ‘मतदाता नामावली स्वीकृत गरि संख्या आइसक्यो, अब केहीदिनमा नामावली पनि आउँछ ।’ ढकालका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा फोटो सहितको मतदाता नामावली नाम दर्ता गराएका ४३ हजार ६ सय ८ जना मध्ये २ हजार ५ सय ७५ जनाले यसपटक मतदान गर्न नपाउने भएका छन् । थपिएका मतदातासहित जिल्लामा कुल मतदाता ३ लाख ५४ हजार ३५ पुगेको छ । स्थानीय तहको निर्वाचनमा चितवनमा ३ लाख १३ हजार २ मतदाता रहेका थिए ।

ढकालका अनुसार निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश क्षेत्र (क) मा २६, (ख) मा ३० मतदानस्थल रहनेछन् । क्षेत्र नः २ को प्रदेश क्षेत्र (क) मा ३१ र (ख) मा १२ मतदानस्थल छन् । क्षेत्र नः ३ को प्रदेश क्षेत्र (क) मा २९ र (ख) मा ३३ मतदानस्थल रहेछन् । स्थानीय तह निर्वाचनकै आधारमा मतदानस्थल तोकिएको कार्यालयका प्रमुख ढकालले जानकारी दिए ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न चितवनका लागि मुख्य निर्वाचन अधिकृत सहित ३ जना निर्वाचन अधिकृत नियुक्त भएका छन् । जिल्ला न्यायाधिस कुलप्रसाद शर्मालाई मुख्य निर्वाचन अधिकृतको जिम्मा सहित क्षेत्र नम्बर २ हेर्ने गरी जिम्मेवारी तोकिएको छ । यस्तैं, क्षेत्र नम्बर १ मा जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली र क्षेत्र नः ३ मा स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत शम्भुराज रेग्मीलाई जिम्मेवारी दिइएको छ । असोज १९ गतेबाट नै लागु हुने गरि जिम्मेवारी दिइएको हो । आयोगले जनाएको छ ।

देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्वाचन व्यवस्थापन र सञ्चालन सम्वन्धनमा असोज २४ गतेबाट दुई दिनसम्म प्रशिक्षण दिइने जनाइएको छ ।निर्वाचन आयोगले आम मतदाताका लागि तिहार पछि मतदाता शिक्षा सञ्चालन गर्ने तयारी गरेको कार्यालयका प्रमुख ढकालले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार