• होमपेज
  • समाचार
  • पोखरामा दिउँसो मालवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णयप्रति व्यवसायीको विरोध

पोखरामा दिउँसो मालवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णयप्रति व्यवसायीको विरोध

  • शनिबार, अशोज २१, २०७४
पोखरामा दिउँसो मालवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णयप्रति व्यवसायीको विरोध

पोखरा,असोज २१ –

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा बिहान ८ देखि बेलुका ६ बजेसम्म मालवाहक सवारी सञ्चालनमा रोक लगाएकोप्रति गण्डकी क्रसर उद्योग व्यवसायी संघले विरोध गरेको छ।

संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्थापन समितिको बैठकबाट गरिएको उक्त निर्णय सच्याउन आग्रह गरिएको छ। दिउँसो बजार क्षेत्रमा मालवाहक सवारी सञ्चालनमा रोक लगाइनु अव्यावहारिक निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

राति मजदुरलाई काममा खटाउन नसकिने भएकाले व्यवसायी मर्काका परेको र यसले गर्दा विकास आयोजनामा क्रसरजन्य सामानको अभाव हुन सक्ने तथा मूल्यसमेत बढ्ने विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार