• होमपेज
  • मनोरञ्जन
  • टलीउडको फेभरेट कपल नागा र सामन्था विवाह बन्धनमा बाँधिए

टलीउडको फेभरेट कपल नागा र सामन्था विवाह बन्धनमा बाँधिए

  • शनिबार, अशोज २१, २०७४
टलीउडको फेभरेट कपल नागा र सामन्था विवाह बन्धनमा बाँधिए

काठमाडौँ,असोज २१

टलीउडको मोस्ट फेभरेट कपल नागा चैतन्य र सामन्था रुथ प्रभु विवाह बन्धनमा बाँधिएका छन् । ७ वर्ष एकअर्कासँग रिलेशनशिपमा रहेको यो कपल अब जन्म जन्मान्तरका लागि एक भएका छन् । गोवामा धूमधामसँग यी दुईको विवाह कार्यक्रम सम्पन्न भएको हो । नागा र सामन्थाले हिन्दी परम्परा अनुसार विवाह गरेका हुन् ।

विवाहमा नागाले कुर्ता लगाएका थिए भने सामन्थाले लाइट गोल्डन कलरको साडी लगाएकी थिइन् । भारतीय मिडियाका अनुसार, उनीहरुको ग्रान्ड रिसेप्सन हैदराबादमा ९ अक्टोबरमा हुनेछ । यो कपललाई आशिर्वाद दिन विवाह कार्यक्रममा १५० भन्दा बढी व्यक्ति सहभागी भएका थिए । मिडिया रिपोर्टका अनुसार, यो विवाहमा लगभग १० करोड रुपैयाँ खर्च भएको छ ।

३ दिनको सेलिब्रेशनपछि सामन्था र नागा आफ्नो फिल्मको काममा व्यस्त हुनेछन् । विवाहपछि सामन्थाको पहिलो फिल्म ‘राजू गरी गाधी-२’ १३ अक्टोबरमा रिलिज हुँदैछ । यस्तै, नागा चैतन्य ‘सव्यासांचीुको काममा व्यस्त हुनेछन् । यी दुईको पहिलो भेट २००९ मा फिल्म ‘ये माया चेसावुको सेटमा भएको थियो । यो सामन्थाको पहिलो फिल्म थियो । नागा साउथ फिल्‍म इन्डस्‍ट्रीका सुपरस्‍टार नागार्जुनका छोरा हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि