• होमपेज
  • Uncategorized
  • यस जीवको निलो रगतलाई मानिन्छ अमृत, एक लिटरको पर्छ कति ?

यस जीवको निलो रगतलाई मानिन्छ अमृत, एक लिटरको पर्छ कति ?

  • मङ्लबार, अशोज ३, २०७४
यस जीवको निलो रगतलाई मानिन्छ अमृत, एक लिटरको पर्छ कति ?

एजेन्सी,असोज ३ –

पानीमा पाइने हर्ज शू नाम गरेको गँगटाको रगत मेडिकल विज्ञानका लागि अमृतभन्दा कम छैन । यसको रगत निलो रङको हुन्छ । दुर्भाग्यको कुरा यो हो कि यसको रगत निकै महंगो हुने भएकाले यसको शिकार हुने गरेको छ । यस जीवको बनावट घोडाको नालजस्तो हुने भएकाले यसको नाम हर्स शू क्र्याब राखिएको हो ।

यस गँगटोको वैज्ञानिक नाम लिमुलस पोलिफेमस हो । यस्तो पनि मानिन्छ कि यस प्रजाति ४५ करोड वर्षसम्म जिउँदो हुन्छ । करोडौं वर्षपछि पनि यसमा कुनै पनि परिवर्तन पाइँदैन । मेडिकल साइन्समा यसको रगत एन्टी ब्याक्टेरियल प्रोपर्टीका लागि प्रयोग गरिन्छ ।

यस गँगटाको रगतमा कोपर बेस्ड हिमोस्याइनिन हुने भएकाले यसको रगत निलो हुन्छ । जसले अक्सजिनलाई शरीरको सबै भागमा लैजान्छ । तर, रगत रातो हुने जीवको रगतमा हेमोग्लोबिनका साथै आइरनले पनि यो काम गर्न सक्छ । यसकारण रगत रातो हुन्छ ।

यस गँगटाको रगत खतरनाक ब्याक्टेरिया पत्ता लगाउनका लागि प्रयोग हुने गरेको पाइन्छ । यसले खतरनाक ब्याक्टेरियाबारे सटिक जानकारी समेत दिन्छ ।
यसको प्रयोगबाट मानिसलाई दिइने औषधिको खतरा र दुष्प्रभावको बारेमा समेत जानकारी दिन्छ । त्यसैले यसको रगतको मूल्य एक लिटरको लगभग १५ लाख पर्छ ।

Facebook Comments

सम्बन्धित समाचार