• होमपेज
  • समाचार
  • चितवनको रत्ननगरमा दशैं फेसन शो हुने

चितवनको रत्ननगरमा दशैं फेसन शो हुने

  • मङ्लबार, अशोज ३, २०७४
चितवनको रत्ननगरमा दशैं फेसन शो हुने

शिशिर सिंखडा

चितवन,असोज ३-

पूर्वी चितवनको रत्ननगर १ स्थित स्टाईल लस्ट फेसन डिजाइनिङ्ग कलेजको आयोजनामा दशैं फेसन शो एण्ड लाईभ म्युजिक फिस्टा २०१७ हुने भएको छ । पूर्वी चितवनमै पहिलोपटक हुन लागेको उक्त कार्यक्रममा १४ जना अनुभवी मोडलहरु मार्फत् फेसन शो प्रस्तुत गरिनेछ । सौराहाचोक स्थित होटल गंगोत्री हाईवेमा असोज ११ गते फुलपातीको साँझ हुने कार्यक्रममा विभिन्न ४ चरणमा फेसन शो प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

विभिन्न ४ चरण अन्तर्गत ब्राइडर राउण्ड, फ्युजन राउण्ड, वेस्टर्न गाउन राउण्ड र फोर सिक्वेन्स राउण्डमा विभिन्न अनुभवी फेसन डिजाइनरले तयार गरेका फेसनहरु प्रस्तुत गरिनेछ । आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवम् कलेजका प्रवन्ध निर्देशक बादल खनालले फेसन शोका अतिरिक्त लाईभ म्युजिकबाट समेत दर्शकहरुले मनोरञ्जन लिने बताए ।

उक्त फेसन शो एवम् लाईभ म्युजिकमा प्रवेश शुल्क १ हजार र ५ सय रुपैयाका टिकट राखिएको छ । प्रत्येक टिकटबाट प्राप्त रकमको केही प्रतिशत रकम अनाथ बालबालिकाको शिक्षा आर्जनमा खर्च गरिने समेत संयोजक खनालले बताए । करिब ६ सय जना दर्शकहरुको सहभागीता रहने कार्यक्रमबाट उक्त फेसनहरुको प्रस्तुती अनुभवी मोडलबाट दर्शकमाझ देखाइने छ । सो पत्रकार सम्मेलनमा फेसन डिजाइनर रोहितचौधरी, कलेजका अध्यक्ष कर्मा डण्डुपलामा, मोडलहरु कृपा अधिकारी, निकिता मगर, पुनम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा