• होमपेज
  • Uncategorized
  • ‘सुरुवात आफैंबाट’ ले बाड्यो बाढीपीडितलाई राहत

‘सुरुवात आफैंबाट’ ले बाड्यो बाढीपीडितलाई राहत

  • सोमवार, भदौ २६, २०७४
‘सुरुवात आफैंबाट’ ले बाड्यो बाढीपीडितलाई राहत

चितवन, भदौं २६–

चितवनको सक्रिय युवाहरुको संस्था ‘सुरुवात आफैंबाट’ले माडी बादरझुला र ठोरी भगवाननगरका बाढी पीडितलाई राहत बितरण गरेको छ ।
संस्थाको अगुवाईमा बाँदरझुलाका ४० घर बाढीपीडितलाई खाद्यान्न चामल, नुन, तेल, मसला, बेसार, सावुन, झुल, तन्ना, कम्वल, टर्चलाईटलगायतका राहत सामग्री बितरण गरेको हो । कार्यक्रममा शसस्त्र प्रहरीवल बाँदरझुलाका प्रहरी निरीक्षक रामबहादुर सुनार, पत्रकार तथा स्थानीय शिक्षक प्रेम लामा, माडी नगरपालिका वडा नं. ९ कि सदस्य लक्ष्मी सुनाम लगायतले युवाहरुको सहयोगको खुलेर प्रशंसा गरेका थिए । यस्तै संस्थाले ठोरी–१ भगवान नगरका ३ घर परिवारलाई पनि राहत सामग्री बितरण गरेको छ ।

सुरुवात आफैंबाटको यो पहिलो प्रयास भएको र आगामि दिनहरुमा पनि यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिइरहने संस्थाका संयोजक शुशील पन्तले जानकारी दिनुभयो । राहत बितरण कार्यक्रममा ‘सुरुवात आफैंबाट’ संस्थाका सदस्यहरु ईरादा केसी, सम्योग रेग्मी, कृष्ण न्यौपाने, सल्लाहकार सूर्य नेपाली र सुजन पाण्डेलगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार