• होमपेज
  • समाचार
  • भरतपुर महानगरका मेयर–उपमेयरलाई पत्रकारको सुझावः माफियाहरुबाट टाढा रहनुहोस्

भरतपुर महानगरका मेयर–उपमेयरलाई पत्रकारको सुझावः माफियाहरुबाट टाढा रहनुहोस्

  • सोमवार, भदौ २६, २०७४
भरतपुर महानगरका मेयर–उपमेयरलाई पत्रकारको सुझावः माफियाहरुबाट टाढा रहनुहोस्

चितवन, भदौं २६–

चितवनका पत्रकारहरुले मान सम्मान र अनौपचारिक अलमलमा नपर्न भरतपुर महानगरपालिकाका प्रमुख–उपप्रमुखलाई सुझाव दिएका छन् ।

महानगरपालिकाको प्रमुख–उपमप्रमुखमा विजयी भई सपथ लिएको ३२ दिनमा पत्रकारहरुसंग भेटघाट गरेका महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहलाई शुरुवाती समयमा मान सम्मान ग्रहणकै कार्यक्रममा बढी सहभागि भएको देखिएकोले सो क्रमलाई रोक्नुपर्ने सुझाव चितवनका पत्रकारहरुले दिएका हुन् । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले केही व्यवसायिक माफियाहरु महानगरका मेयर उपमेयर सहित जनप्रतिनिधीहरुलाई कसरी चंगुलमा पार्न सकिन्छ भनी लागिपरेको उल्लेख गर्दे त्यस्ता व्यक्ति र प्रवृतिबाट सजग हुन सुझाव दिनुभयो ।

प्रेस युनियनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारीका अध्यक्ष तीर्थ नेपाल, प्रेस सेन्टरका अध्यक्ष प्रकाश ज्ञवाली, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष नवराज ढकाल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष सूर्य बराल, जनजाति पत्रकार संघका अध्यक्ष संदिप श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष विनोदबाबु रिजाललगायतका तीन दर्जन बढी पत्रकारहरुले महानगर बनाउनका लागि शुरुवाती चरणबाटै गलत प्रवृतिका व्यक्तिबाट टाढै रहनुपर्ने सुझाव दिएका थिए । पत्रकारहरुले जनप्रतिनिधी आएपछि महानगरमा केही सुधार पनि देखिन थालेको भन्दै ट्राफिक व्यवस्थापन, तरकारी तथा फलफुल बजारको व्यवस्थापन, अन्य व्यवसायीहरुको सहजीकरण र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममका महानगरका प्रमुख दाहालले महानगरले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनासहित छिट्टै विशेष गुरुयोजना ल्याउन लागेको जानकारी गराउनुभयो । उहाँले संचारकर्मीहरुका लागि पनि महानगरले विधि नै बनाएर पत्रकार महासंघ मार्फत विशेष सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उपप्रमुख शाहले संचारकर्मीहरुले महानगरका काम र जनप्रतिनिधीलाई घचघच्याईरहनु पर्ने बताउनुभयो । सो कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सृजना अर्याल, कृष्ण गिरीलगायत चितवनमा कार्यरत ४ दर्जन बढी पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि