• होमपेज
  • समाचार
  • कावासोतीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक शिक्षक

कावासोतीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक शिक्षक

  • सोमवार, भदौ २६, २०७४
कावासोतीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक शिक्षक

नवलपरासी, भदौ २६–

पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक÷एक जना ट्राफिक शिक्षक तयार गरिँदै आएको छ ।

विद्यालयबाट सञ्चार छिटो हुने भएकाले अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले प्रत्येक विद्यालयमा एक÷एक जना ट्राफिक शिक्षक उत्पादन गर्ने अभियान शुरु गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय कावासोतीका प्रमुख धम्रेन्द्र रावलका अनुसार ट्राफिक शिक्षकले आफ्ना विद्यालयमा विद्यालय ट्राफिक स्वयंसेवक उत्पादन गर्नेछन् ।

उत्पादित स्वयंसेवक शिक्षकले आफ्नो घर र समाजमा ट्राफिक सचेतनासम्बन्धी जानकारी गराउने छन् ।
विद्यालय, शिक्षक र विद्यार्थीबाट तत्काल घर अनि समाजलाई सकारात्मक असर गर्ने भएकाले नमूनाका रुपमा नवलपरासीमा यो कार्यक्रम ल्याइएको ट्राफिक प्रमुख रावलले बताउनुभयो ।

ट्राफिक शिक्षक तयार गर्ने उद्देश्यका कावासोतीमा यस क्षेत्रका विद्यालयका शिक्षकलाई भेला गराएर ट्राफिक नियम, व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र सहज व्यवस्थापन सम्बन्धमा जानकारी गराइएको छ ।

प्रत्येक विद्यालयबाट उत्पादन भएका ट्राफिक शिक्षकलाई प्रमाणपत्र र रिफेस जकेटसमेत प्रदान गरिएको छ । ती शिक्षकले नजिककै ट्राफिक कार्यालयको सहयोगमा कार्यक्रम गर्न सक्नेछन् । शिक्षकबाट उत्पादित स्वयंसेवकले आ–आफ्ना विद्यालयमा अन्य विद्यार्थीलाई प्रशिक्षित गर्नेछन् । ती विद्यार्थीले महिनामा एकपटक ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसनी र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम गर्नेछन् । –रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि