• होमपेज
  • Uncategorized
  • चेपाङबस्तीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चेपाङबस्तीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • आइतवार, भदौ २५, २०७४
चेपाङबस्तीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चितवन, भदौं २५–

पूर्वी चितवनको कालिका नगरपालिका–८ स्थित आधारभूत विद्यालय, देवीटारका विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि आइतबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

एन्जल्स फाउन्डेसन, खैरहनी–१, चैनपुरकी अध्यक्ष लता शर्मा सिलवालको अध्यक्षता एवम् पत्रकार केशव भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १८ जना छात्रछात्रालाई झोला र स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद रिजालले अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने यस विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको अवस्था दयनीय रहेको बताए । एन्जल्स फाउन्डेसनले गरेको सानो सहयोग पनि आफ्ना विद्यार्थीका लागि अतुलनीय रहेको उनले बताए ।

कार्यक्रममा एन्जल्स फाउन्डेसनका सल्लाहकार एवम् समाजसेवी नारायण शर्माले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

फाउन्डेसनकी अध्यक्ष सिलवालले आफ्नो खाजा खर्च र अतिरिक्त खर्च कटाएर यस्ता कार्यक्रम गर्दै आएको बताइन् । आफूले गरेको सानो सहयोगबाट विपन्न बालबालिकाको शैक्षिक विकासमा सहयोगी बन्न सक्यो भने त्यो नै ठूलो उपलब्धि हुने उनले बताइन् । उनले साना बालबालिकालाई भविष्यमा सहयोगी भावना राख्न आग्रहसमेत गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि केशव भट्टराईले समाजसेवामा लता सिलवालले देखाएको लगावको प्रशंसा गर्दै सहयोगी हातहरु अघि बढाइरहन आग्रह गरेका थिए ।

कार्यक्रममा उषा सिलवाल, सुखीराम श्रेष्ठ, राजकुमार दराई, शालिक रेग्मी, गंगा राना, इन्दिरा ढुंगाना (अधिकारी), सरिता थापा क्षेत्री, मीना मगरलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार