• होमपेज
  • Uncategorized
  • सडकमा मान्छेको मासु बेच्न थालेपछि…

सडकमा मान्छेको मासु बेच्न थालेपछि…

  • शनिबार, भदौ १७, २०७४
सडकमा मान्छेको मासु बेच्न थालेपछि…

एजेन्सी,भदौ १७ –

जनावरमाथिको भेदभावको विरोधमा बेलायतको राजधानी लण्डनमा अनौठो शैलीमा विरोध गरिएको छ । जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका हुन् ।

मानिसहरु व्यस्त भएको समयमा सडकमा बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो । केही मानिसहरुले ती युवतीको जीउको मासु किन्न अपील गरिरहेका थिए । मानिसहरु त्यो दृश्यलाई हेरेर आश्चर्य मानिसरहेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार