• होमपेज
  • समाचार
  • कैलालीको मोहन्यालका बासिन्दा न्यूनतम सुविधाबाट वञ्चित

कैलालीको मोहन्यालका बासिन्दा न्यूनतम सुविधाबाट वञ्चित

  • शनिबार, भदौ १७, २०७४
कैलालीको मोहन्यालका बासिन्दा न्यूनतम सुविधाबाट वञ्चित

धनगढी,भदौ १७ –

कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा अझैसम्म पनि बाटो, बिजुली, टेलिफोनलगायतका पूर्वाधारको निर्माण हुननसक्दा स्थानीय बासिन्दा न्यूनतम सेवा पाउनबाट वञ्चित रहेका छन् ।

आधारभूत सेवा सुविधा पु¥याउन पटक÷पटक पहल गरिए पनि कुनै सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष नबलसिं रावलले बताउनुभयो ।

‘विकासका लागि राज्यको ध्यान नपुग्दा गाउँपालिकाका बासिन्दाले न्यूनतम् सेवा सुविधा पाउन सकिरहेका छैनन्, रावलले भन्नुभयो’—“राज्यको नीति बुझिनसक्नु छ ।”

कैलाली जिल्ला तराईको सुगम जिल्लाको रुपमा चिनिएको भए पनि भौतिक पूर्वाधार र विकासका दृष्टिमा पछि परेकै कारण जिल्लाको मोहन्याल गाउँपालिका राज्य संयन्त्रको पहुँचबाट टाढा रहेको छ ।

जिल्लाको उत्तर पूर्वी चुरे पहाडी क्षेत्रमा पर्ने भौगोलिक रुपमा अति विकट र दुर्गम यो गाउँपालिकामा बाहुन, क्षेत्री, गुरुङ, मगर, ठकुरीको बसोवास रहेको र जनसंख्या झण्डै २२ हजार रहेको छ ।

छिटपुट रुपमा हुने बाख्रापालन र खेती गर्दा हुने आम्दानी यो गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको स्रोत रहेको छ । यद्यपि खेती गरेर उत्पादन हुने अन्नले तीन महिनामात्र खान पुग्ने भएकोले बाँकी समयमा स्थानीयवासी रोजगारीका लागि भारत जाने गरेका छन् ।
स्थानीय तहको चुनाव भएको एक महिना भन्दा बढी समय भइसकेको भए पनि सो गापामा कार्यालयको व्यवस्थापन हुनसकेको छैन ।

स्थानीयवासीले सदरमुकाम धनगढीमा सञ्चालनमा आएको मोहन्याल गापाको सम्पर्क कार्यालयबाट सेवा लिनुपरेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा