• होमपेज
  • Uncategorized
  • महिनबारीका बेला शिक्षकले जिस्काएपछि बालिकाद्धारा आत्महत्या

महिनबारीका बेला शिक्षकले जिस्काएपछि बालिकाद्धारा आत्महत्या

  • शुक्रबार, भदौ १६, २०७४
महिनबारीका बेला शिक्षकले जिस्काएपछि बालिकाद्धारा आत्महत्या

काठमाडौं,भदौ १६ –

महिनाबारीका बेला कक्षा कोठामा शिक्षकले जिस्काएपछि भारतको तामिलनाडुकी एकजना १२ वर्षिया बालिकाले आत्महत्या गरेकी छिन् । ७ कक्षामा अध्ययनरत बालिका विद्यालय गएका बेला महिनाबारीको रगत देखिएपछि शिक्षकले साथीहरूको अगाडी उनलाई जिस्काएका थिए । शिक्षकले सेनेटरी प्याड कसरी लगाउने ? सिकाइदिऊँ भन्दै जिस्काएपछि ति बालिकाले आफु बस्ने घरबाट हाम फालेर आत्महत्या गरेको समाचारहरूमा जनाइएको छ ।

तामिलनाडुको पलायामकोटीकी ति बालिकाले विद्यालयमा त्यसरी जिस्काएको विषयमा आफ्ना अभिभावकलाई पनि केही सुनाएकी थिइनन् ।

तीन दिन अघि २५ फिट अग्लो घरको छतबाट हाम फालेर उनले आत्महत्या गरेको जनाइएको छ । विद्यालयमा शिक्षकले त्यसो गर्दा प्रिन्सिपललाई भनेपनि शिक्षकलाई कुनै कारवाही भएको थिएन ।
सेन्थिलनगर स्कुलमा अध्ययनरत ति बालिकाको सुसाइड नोट भेटेपछि प्रहरी विद्यालयमा पुगेको थियो । त्यहाँका जिल्ला प्रमुखले उजुरी दर्ता भएको र अनुसन्धान जारी रहेको जानकारी दिएपनि पिडकहरूलाई पक्राउ गरेको सम्बन्धमा केही भनेका छैनन् । एजेन्सी

Facebook Comments

सम्बन्धित समाचार