• होमपेज
  • समाचार
  • कसैसँग तालमेल नगरी कांग्रेस पहिलो पार्टी बन्छः नेता गुरुङ

कसैसँग तालमेल नगरी कांग्रेस पहिलो पार्टी बन्छः नेता गुरुङ

  • शुक्रबार, भदौ १६, २०७४
कसैसँग तालमेल नगरी कांग्रेस पहिलो पार्टी बन्छः नेता गुरुङ

काठमाडौँ,भदौ १६ –

नेपाली कांग्रेसका नेता एवम् सांसद धनराज गुरुङले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी कुनैपनि पार्टीसँग तालमेल नगरी चुनाव लड्न सक्षम रहेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद गुरुङ्ले कांग्रेस आँफै एक्लै चुनाव लड्न सवल र सक्षम रहेको बताए । उनले भने, ‘हामी एक्लै चुनाव लड्न सक्षम छौं, कसैसँग पनि तालमेल गर्न जरुरी छैन् ।’ उनले यसअघिका चुनावी तालमेलमा पार्टीले गलत गरेको समेत गुनासो पोखे ।

उनले अब हुने चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी समेत गरेका छन् । यद्धपी उनले पार्टीको सम्पूर्ण तयारी र वर्तमान अवस्थामा पूर्ण रुपले राम्रो छ भन्ने अवस्था भने अहिले नै भन्न नसकिने जिकिर गरे । उनले थपे,‘पार्टीका शीर्ष नेताहरु आज त टिकट टुँगो लगाउने भनेर कस्सिनुभएको छ, चुनाव आउन अब जम्माजम्मी थोरै दिन बाँकी छ ।’

त्यस्तै उनले तराई मधेशमा बाढी पीडितहरुको लागि राहत वितरणमा गलत भएको भनेर चर्चा तथा परिचर्चा गर्नुको साटो बाढी समस्याको समाधान दिर्घकालिन रुपमा खोज्न सरकार लाग्नुपर्ने सुझाए । उनले भने,‘के कारणले तराई मधेश वर्षेनि डुबानमा पर्छ, यसको कारण खोज्नुपर्छ, मित्रराष्ट्र भारतसँग कुटनैतिक रुपमा सरकारले कुरा राख्नुपर्छ ।’

Facebook Comments

सम्बन्धित समाचार