• होमपेज
  • समाचार
  • तेस्रो चरणको निर्वाचनमा एमालेले काँग्रेससँग तालमेल गर्दैन: महासेठ

तेस्रो चरणको निर्वाचनमा एमालेले काँग्रेससँग तालमेल गर्दैन: महासेठ

  • शुक्रबार, भदौ १६, २०७४
तेस्रो चरणको निर्वाचनमा एमालेले काँग्रेससँग तालमेल गर्दैन: महासेठ

काठमाडौं, भदौ १६ –

नेकपा एमालेका नेता रघुवीर महासेठले तेस्रो चरणको निर्वाचनमा एमालेले काँग्रेससँग तालमेल नगर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् । उनले तेस्रो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दावी पनि गरे ।
उनले पार्टीले आउने आइतबारसम्म १३६ वटै तहको उम्मेद्धवारको नाम टुँगो लगाउने समेत जानकारी दिए । उनले भने, ‘उम्मेद्धवार टुँगो लगाउने कुरामा हाम्रो पार्टीभित्र कुनै समस्या छैन, प्रायः धेरै ठाउँको भइसकेको छ, बाँकी हामी आइतबारसम्म टुँगो लगाउँछौं ।’

उनले काँग्रेस बाह्य शक्तिको इशारामा चलेको आरोप समेत लगाए । उनले भने,‘काँग्रेस आफ्नो कारणले भन्दापनि बाहृय शक्तिको इशारामा चलेको छ ।’

Facebook Comments

सम्बन्धित समाचार