• होमपेज
  • अर्थ/वाणिज्य
  • बुटवल उपमहानगरपालिकाको बजेट तीन अर्ब १९ करोड

बुटवल उपमहानगरपालिकाको बजेट तीन अर्ब १९ करोड

  • शुक्रबार, भदौ १६, २०७४
बुटवल उपमहानगरपालिकाको बजेट तीन अर्ब १९ करोड

रुपन्देही, भदौ १६ –

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले तीन अर्ब १९ करोड ३७ लाख ७१ हजार ६ सय ३५ रुपैयाँको बजेट सार्बजनीक गरेको छ ।प्रथम नगर सभाले पारित गरेको आर्थिक वर्ष २०७४/०७५ को बजेट, नीति तथा कार्यक्रम शुक्रबार बुटवलमा सार्वजनिक गर्दै उपमहानगरका मेयर शिवराज सुवेदीले नगर संचित कोषमा व्ययभार हुने एक अर्ब ६३ करोड ३५ लाख ५८ हजार आठ सय पाँच रुपैयाँ र बिषयगत कार्यालयहरुले नगरमा कार्यान्वयन गर्ने एक अर्ब ५६ करोड एक लाख ९२ हजार आट सय ३० रुपैयाँ गरी उक्त परिमाणको बजेट सार्बजनिक गरिएको हो ।

उपमहानगर भित्रका कच्ची सडकहरुलाई ग्राभेल गर्ने र पक्की सडकको मर्मत गर्ने कार्यक्रममा समाबेश गरिएको छ । ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई चार चार महिनामा घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने तथा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई चाडपर्व खर्चको रुपमा बार्षिक दुई हजार रुपैयाँ उपलव्ध गराउने नीति र कार्यक्रममा उल्लेख छ ।
सञ्चारकर्मी र सञ्चार माध्यमको क्षमता विकास तथा स्वास्थ्य उपचार कोषका लागि १५ लाख रुपैयाँ र उपमहानगरले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारको कोषलाई बृद्धिगरी पाँच लाख रुपैयाँ पुर्‍याउने कार्यक्रममा उल्लेख छ । पाँच पृष्ठ लामो नीति तथा कार्यक्रममा ३५ नीति र १४ कार्यक्रम समेटिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार