• होमपेज
  • मनोरञ्जन
  • मौलिक तीज गीत “तीजको लहर छायो बरिलै” सार्बजनिक (भिडियो सहित)

मौलिक तीज गीत “तीजको लहर छायो बरिलै” सार्बजनिक (भिडियो सहित)

  • सोमवार, साउन ५, २०७७
मौलिक तीज गीत “तीजको लहर छायो बरिलै” सार्बजनिक (भिडियो सहित)

नेपालि नारीहरुको महान चाड हरितालिका तीज नजिक आइरहंदा यसलाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । यी तीज गीतहरुको भिडमा गत बर्षको तुलनामा केहि आफ्नो मौलिकता भन्दा टाढा रहेर सार्बजनिक गरिएका हुन् कि भन्ने किसिमका गीतहरु पनि धेरै मात्रामा रहेका छन् । कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला दिलु सलामी मगर, ज्ञानु मगर र दिलसरा काउछा मगरले “तीजको लहर छायो बरिलै” बोलको गीत बजारमा ल्याएका छन् ।

बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेता पनि उनिहरुले त्यति चर्चा पाउन नसकेको गुनासो गरेका छन् । तर पनि क्षणिक चर्चा कमाउन आफुहरुले लोक तथा दोहोरी गीतको मौलिक घरबाट बाहिर जान नचाहेको प्रष्ट पार्छन् । यसै पेरिफेरिमा रहेर पछिल्लो समय बजारमा आएको गीतमा दिलु सलामी मगर, ज्ञानु मगर र दिलसरा काउछा मगरको नै सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतलाई लय दिलसरा काउछा मगरको रहेका छन् भने शब्द दिलु सलामी मगर र ज्ञानु राना मगरको रहेको छ । गीतको स्वाद जति मौलिकतामा सिमित त्यति नै म्युजिक भिडियोलाई पनि उत्कृष्टता दिने प्रयास गरिएको छ । तीको लहर छायो बरिलै” बोलको गीतको म्युजिक भिडियोमा खुशी बुढा मगर, बिमन्त मगर, लिजा मगर, दिपिका मगर, प्रिया मगर र निर्मला मगरको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा