• होमपेज
  • म्यूजिक भिडियो
  • अनिल गुरुङले ल्याए लभ पोईन्ट, बाहुनको धोती मन पर्दैन शब्द बिवादमा (भिडियो सहित)

अनिल गुरुङले ल्याए लभ पोईन्ट, बाहुनको धोती मन पर्दैन शब्द बिवादमा (भिडियो सहित)

  • सोमवार, असार ८, २०७७
अनिल गुरुङले ल्याए लभ पोईन्ट, बाहुनको धोती मन पर्दैन शब्द बिवादमा (भिडियो सहित)

नेपाली रंग पत्रकारितामा जमेका पत्रकार अनिल गुरुङ अभिनेता समेत बनेका छन् । आफ्नै लेखन र निर्माणमा बनेको वेभ सिरिज लभ पोईन्टमा उनी प्रमुख भूमिकामा देखिएका हुन् । पछिल्लो समयमा कथित तललो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा अनिल गुरुङले तल्लो जाती बनेर भूमिका निभाएका छन् भने उनको अपोजिटमा नायिका एलिना रायमाझी देखिएकी छिन् ।

बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको छ । एलिनालाई देखेदेखी नै एकोहोरो बनेका अनिल केही डेटिङ सेट गर्न सफल हुन्छन् । उनीहरु दुई जनाको प्रेम झांगिन थाल्छ तर अनिल बीचमा एउटा मनोदशामा फस्छन् अनि कथाले अर्को मोड लिन पुग्छ । अनिलसँग नजिकिन पुगेकी एलिनाको चित्त के ले दुखाउँछ अनि मन किन बदलिन्छ ? त्यस पछि कथाले कुन मोड लिन्छ र अनिलले आफ्नो लभ पोईन्ट कसरी पल्यिाउँछन् त्यो थाहा पाउँनको लागी भने पुरा सिरिज हेर्नै पर्ने हुन्छ ।

नमस्ते अनलाईन टिभीको प्रस्तुति रहेको वेभ सिरिजमा प्रयोग भएका भाषाहरु सहज लाग्दा लाग्दै बाहुनले लगाएको धोती र बिना भाले बास्ने पोथी मन पर्दैन भन्ने शब्दले भने जातीय द्वेश निम्त्याउँन सक्छ । यतातिर लेखक समेत रहेका अनिलले ध्यान दिन सकेको देखिदैन । तर यो सिरिज हेर्न थालेपछि अन्त्यसम्म नहेरी मन मान्दैन, सिरिजको प्रमुख सफलता यही हो । सिरिजको निर्देशन आरजे प्रनवले गरेका छन् भने नबिन बाबु गुरुङले खिचेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । भिडियोभित्र बिशाल रायमाझी तथा शायना

जि.सी.लगायतको समेत अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि