• होमपेज
  • अन्तरवार्ता
  • कोरोनाले गर्दा विदेश होइन देशमै केही गरौं भन्ने भावनाको विकास भएको छ

कोरोनाले गर्दा विदेश होइन देशमै केही गरौं भन्ने भावनाको विकास भएको छ

अनुकूल भट्नाकर, सीइओ नेपाल एसबीआई बैंक लिमिटेड एवं उपाध्यक्ष, नेपाल बैंकर्स एशोसिएसन

  • मङ्लबार, बैशाख २, २०७७
कोरोनाले गर्दा विदेश होइन देशमै केही गरौं भन्ने भावनाको विकास भएको छ

अनुकुल भट्नाकर चिनाई राख्नु पर्ने नाम होइन । भारतीय एसबीआई बैंकमा ३ दर्शक विताएका भटनाकर करिब ४ वर्ष अगाडी नेपाल एसबीआई बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भएर नेपाल आएका थिए ।

उनीकै नेतृत्वमा रहेको भारतीय एसबीआई बैंकको ठूलो, राम्रो प्रोजेक्टहरुमा लगानी गर्दै लगानीकर्तालाई उत्तम प्रतिफल दिएको देखिन्छ ।
यिनै अनुकुल भट्नाकरले नेतृत्व गरेको नेपाल एसबिआई बैंकमा भारतमा काम गर्ने लाखौं नेपालीहरुको ठूलो मात्रामा रेमिटेन्स आउने र भारतीय गोर्खा सैनिकहरुका हजारौ परिवारको पेन्सन आउने बैंक हो नेपाल एसबिआई बैंक । नेपालको टप १० वाणिज्य बैंक भित्र पर्ने नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत एवं २७ वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स एशोसियसनका उपाध्यक्ष समेत रहेका छन् अनुकुल भट्नाकर ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको नेपाल एसबिआई बैंक लिमिटेड ५० भन्दा बढी शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न अधिकाशं शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको बैकिङ्ग क्षेत्रलाई कस्तो असर पर्ने देखिन्छ र केही दिन भित्र आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ । यी र यस्तै विषयमा नेपाल एसबीआई बैंकका सीइओ एवं नेपाल बैंकर्स एशोसियसनका उपाध्यक्ष अनुकुल भट्नाकरसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० यस्तो आपत र विशस अवस्थामा नेपालका २७ वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर घटाएका छन, कारण के हो त ?
हामी सबै बैंकले निक्षेपमा व्याजदर घटाएका छौं । उच्च धनीमानीहरुले बैंकमा राख्ने ठूलो निक्षेप छ । त्यसको ब्याजदर घटाउदा कर्जाका ग्राहकलाई न्याय हुने फाइदा हुने देखेर नै घटाएका छौं । यसले बैंकको बेष्ट रेट राम्रो हुन्छ । १ महिना पछि हामीले कर्जाका ब्यादजर पनि घटाउने छौं । तरलता उच्च छ । बैंकहरुमा त्यस कारण कर्जा व्याजदर घटाउनु पर्ने बाध्यता पनि बैंकहरुलाई छ । मौका मा चौका छोपी घटाएको भन्न मिल्दैन । आचार्यजी ।

० मुलुक लकडाउनमा छ । कोरोना भाईरसका केही संकेत हाम्रो देशमा देखा परेको छ । त्रासकै अवस्थामा पनि छ । यस बीचमा नेपाल एसबिआई बैंक लिमिटेडले चाही कस्तो सेवा प्रदान गरेको अवस्था छ, सीइओ साब ?
बैंक आवश्यक बस्तु भित्र पर्ने भएकाले बैंक खोल्नु वाध्यता हो । यो बेला हामीले ५० वटा भन्दा बढी शाखा खोली अरु बैंकको जस्तो सेवा दिएका छौं । ११ बजे देखि १ बजेसम्म मात्रै खोलेर कारोबार गरेका छौं । स्थानीय तहहरुमा एटिएम छैन । त्यहा शाखा खोलेर नै सेवा दिनुपर्ने अवस्था छ । औषधी मुलो, खाद्यान्न, तेल, तरकारी, दुध आदि बस्तु किन्न पैसा त ग्राहकहरुलाई दिएका छौं । साथै एलसी, बैंक ग्यारेन्टी दिएका छौं ।
० यो विषम परिस्थितिमा बैकमा आएर कामगर्ने कर्मचारी साथीहरुको स्वास्थ्यबारे चाही तपाई कति चिन्तित रहनु भएको छ ?
यो बेला कर्मचारी मात्रै होइन लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी लगायत सबै जनताको स्वास्थ्यको कुरा गर्नपर्छ । अर्को कुरा कर्मचारी साथीहरुका बारे हामी सचेत र सजक छौं । रोगसंग लडन तत्कालका लागि चाहिने सबै प्रकारको स्वास्थ्य सामाग्री दिएका छौं ।
यस्तो अवस्थामा पनि कामलाई प्राथमिकतामा राखेर उहाँहरुले काम गर्नु भएको छ । साथै नेपाल एसबिआई बैंकले पिपिई समेत कर्मचारीहरुलाई उपलब्ध गराएको अवस्था छ । साथै हाम्रा कर्मचरी घरबाटै काम गरेका छन् । ग्राहकको फोन आउने वित्तिकै शाखा खोलेर पैसा दिने काम गर्दछ ।

० सीइओ साब २७ वाणिज्य बैंकहरुको वित्तिय विवरण केही दिन भित्र आउँदै छ । यसमा लकडाउनले कस्तो असर पर्ने देखिन्छ ?
हामी हाम्रा ठूला साना कर्जाका ग्राहकसंग सम्पर्कमा रहि काम गरिरहेका छौं । अहिले कर्जाको व्याज र साँवा कम उठेको छ । नाफा घट्ने नै छ । करिब २५ प्रतिशत नाफा कम हुने देखिन्छ । व्यापारी, व्यवसायीलाई बचाउन नेपाल एसबिआई बैंकले धेरै काम गरेको छ ।

७ वटै प्रदेशमा ५÷५ लाखका दरले ३५ लाख दिएका छौं । साथै नेपाल एसबिआई बैंकले १५ लाख चाहि देशका विभिन्न ठाउँमा कोरोना रोगथामका लागि उपचारका लागि स्वास्थ्य सामाग्री दिने निर्णय गरेका हौं । हामी अरु बैंक भन्दा फरक बैंक छौं । हाम्रो दायित्व यो समाजमा बढेको छ ।

० सीइओ साब नेपाल एसबिआई बैंक लिमिटेडले कोरोना भाईरस बिरुद्ध लड्न स्थापना गरेको कोषमा कस्तो सहयोग गरेको छ ?
हामीले राष्ट्रिय कोषमा ५० लाख दिएको छ । ७ वटै प्रदेशमा ५÷५ लाखका दरले ३५ लाख दिएका छौं । साथै नेपाल एसबिआई बैंकले १५ लाख चाहि देशका विभिन्न ठाउँमा कोरोना रोगथामका लागि उपचारका लागि स्वास्थ्य सामाग्री दिने निर्णय गरेका हौं । हामी अरु बैंक भन्दा फरक बैंक छौं । हाम्रो दायित्व यो समाजमा बढेको छ ।

० यो लामो लकडाउनबाट हामी नेपालीहरुले चाही के पाठ सिक्ने हो, सीइओ साब ?
आचार्यजी राम्रो प्रश्न सोध्नु भयो । यो विश्वमै फैलिएको अचम्मकै रोग हो । दोस्रो स्वास्थ्यका पूर्वाधार बन्नुप¥यो । प्रदेशहरुमा अस्पताल बन्नुपर्दछ ।
अर्को कुरा गाउँ गाउँमा साना साना अस्पताल चाहियो । पिपिई जस्ता सामानको खोजी तत्कालै जरुरी छ । हामी नेपाल एसबीआई बैंकले पिपिई दिएका छौं । यो अहिले अत्यावश्यक सामान हो । यसमा बैंकहरुको सहयोग रहन्छ र छ पनि । अर्को कुरा व्यापार गर्ने व्यावसाय गर्नेहरुका बारेमा अध्ययन गरि राम्रा कार्यक्रम सरकारले ल्याउनु पर्दछ ।

० राज्यले बैंकका ग्राहकका लागि ल्याएको केही राहतका प्याकेजलाई चाही कसरी लिनु भएको छ ?
यो स्वातयोग्य छ । सकारात्मक छ । केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको प्याकेज हो । यस्ता प्याकेज अरु पनि आउँछन भन्ने छ । प्रोभिजन टाइमिङ अवधि पनि बढाउन सकिन्छ । उद्योगीहरुलाई यसले फाईदा नै गर्छ । लोनलाई रिसेड्युल गर्ने रिस्ट्रक्वारिङ गर्ने कुराले पनि केही राहत पक्कै दिनेछ ।

हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ । यो कति लम्बिने हो । त्यसमा पनि भर पर्ने देखिन्छ ।

किनभने उद्योगहरु चल्न सकेका छैनन् । असारसम्म लोनलाई सम्बोधन गरेर केही पुग्दैन भन्ने लाग्छ ।
साथै तरलता पनि अलिकति सहज बनाईदिने हो भने फाइदा हुन्छ भन्ने मलाई लाग्छ । हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ । यो कति लम्बिने हो । त्यसमा पनि भर पर्ने देखिन्छ ।

० कोरोना भाईरसले विश्वअर्थतन्त्र हल्लाएको छ । नेपालको अर्थतन्त्रलाई पनि असर देखा परिरहेका बेला यसले बैकिङ्ग प्रणालीलाई चाही कति असर देखा पर्ला त सीइओ साब ?
अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो ।
अर्कोतिर आर्थिक रुपमा पनि निकै ठूलो असर गरेको छ र यो कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ ।
नेपालका बैंकहरु अहिले समन्वयमा काम गरिरहेका छन् । नेपाल बैंकर्स एशोसियसन र नियमनकारी निकायसंगको समन्वयमा काम भईरहेकोले गर्दा समस्यामा केही कम छन् । आफू बच्ने र अरुलाई बचाउनु पर्ने समय आएको पक्कै छ । अर्को कुरा यो बेला मान्छे घर परिवारसंगै छन् । यसले उर्जा थपिएको पककै छ । त्यसकारण अब विदेश होइन देशमै केही गरौं भन्ने भावनाको विकास चाहि यो बेला पक्कै भएको देखिन्छ । साथै यो बेला भनेको डिजिटल बैंकिङ्ग गर्ने बेला हो ।

यो बेला सुरक्षित मापदण्ड हामी सबैले अपनाउनु पर्दछ । अबसरकोरुपमा लिदै मोबाइल बैकिङ्ग इन्टरनेट बैकिङ्ग चलाउन सकिन्छ । यो सिक्ने अवसर पनि भन्न चाहान्छु । एटिएमबाट भन्दा पनि घरबाटै कारोबार गर्नु उचित छ । निर्यात ठप्प छ । भारत, ताईवान, अमेरिकामा निर्यात हुने सामान गएको छैन । यो घाटा हामी बैंकलाई छ । यी सबै कुराले बैकिङ्ग प्रणालीमा चुनौती बढेको पक्कै छ ।

० राष्ट्र बैंकमा हालै नयाँ गर्भनर आउनु भएको छ । उहाँबाट बैंकिङ्ग प्रणालीले कस्तो आशा गरेको छ ?
गर्भनर महाप्रसाद अधिकारीज्यू बैकिङ्ग बुझेको अनुभवी र दक्ष गर्भनर मुलुकले पाएकोमा हाम्रो बैकिङ्ग प्रणाली खुशी छ । हामीसबैले चाहेको शालिन स्वभावको र सोचेर निर्णय लिने गर्भनर हामीले पाएका छौं ।
केही दिनमै उहाँले हामीसंग छलफल गरी राहतको प्याकेज ल्याउनु पर्ने आवश्यकता देखिन्छ नि ।

० अन्त्यमा लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई केही भन्नु छ ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । अति आवश्यक सामान किन्न मात्रै एटिएम जाऔं । परिवारसंगै बसौं । नयाँ नयाँ कुरा सिकैं । त्रसित नबनौ र २०७७ सालको सबैमा हार्दिक मंगलमय शुभकामना दिन चाहान्छु । यो बेला टेक्नोलोजिका कुरा सिकौ । यो वर्ष हाम्रो दिन पक्कै आउने छ । ढुक्क भएर काम गरौं । आशा गरौं । यो समय छिटो जानेछ र राम्रा दिन आउने छ नि ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि