• होमपेज
  • कलिउड
  • पासवर्डको प्रदर्शन मिति सार्वजनिक

पासवर्डको प्रदर्शन मिति सार्वजनिक

युरोपका देशमा एकै दिन फिल्म सार्वजनिक हुने

  • सोमवार, भदौ १६, २०७६
पासवर्डको प्रदर्शन मिति सार्वजनिक

बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनको आइटम डान्स राखिएको नेपाली चलचित्र पासवर्ड भदौ २७बाट अलनेपाल रिलिज फिक्स भएपछि विदेश प्रदर्शनको क्यालेन्डर समेत सार्वजनिक गरेको छ । नेपाली चलचित्र पासवर्ड नेपालमा प्रदर्शनमा आएको एक साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका देशमा एकै दिन फिल्म सार्वजनिक हुने बताइएको छ ।

फिल्का निर्माता अजित के आर थापाका अनुसार सेप्टेम्बर २० अर्थात असोज ३ देखि १२ देशका विभिन्न २४ शहरमा फिल्म प्रदर्शन हुने र अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने फिल्म भारतको दार्जिलिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ । यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थ, युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा फिल्म रिलिज फिक्स भएको जानकारी दिएका छन् ।

एक्सन प्रधान फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

सम्राट बस्नेत निर्देशित फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन्

।अंकित गौतमको कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् ।

अजित के.आर थापाको सह(लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् । विशेष गरी बलिउडकी अभिनेत्री सन्नी लियोनको आइटम डान्सलाई लिएर चर्चा रहेको यस फिल्मले कत्तिको ब्यापार गर्ला त्यो भने हेर्न बाँकी नै छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि