• होमपेज
  • विचित्र संसार
  • पब्जी खेल्न व्यस्त भएपछि…..

पब्जी खेल्न व्यस्त भएपछि…..

  • सोमवार, भदौ १६, २०७६
पब्जी खेल्न व्यस्त भएपछि…..

मोबाइलको खेलिने पब्जी नामक खेल जुन विश्व प्रसिद्ध नै भएको छ । तर हाल नेपाल, भारत लगातका केही देशमा यो खेललाई बन्देज लगाईएको छ । यो खेलको यति सम्म मानिसहरु फ्यान भएका छन् किन आफू कहाँ के गर्दैछु भन्ने पनि बिर्सिन्छन् । यस्तै आजकल सोसल मिडिया टिकटक अहिले विवाह मण्डपमा पब्जी खेली रहेको भिडियो सर्वजनिक भएको छ ।

बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् । उक्त भिडियो झण्डै पाँच लाख दर्शकले हेरिसकेको देखिन्छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ ।

फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ । त्यसो त, यही वर्ष दुबईमा एक महिलाले पब्जीमा ब्यस्त आफ्ना श्रीमानलाई गेम खेल्न रोक्न खोज्दा डिभोर्स नै पाएकी थिइन् । भारतमा भने गत महिना मात्रै १६ वर्षे किशोरले पब्जी खोल्न आमाले रोकेपछि आत्महत्या नै गरेको समाचार सार्वजनिक भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार